आईरा सेमिफाइनलमा



नेपाल समाचारपत्र
काठमाडौं
ईरा रावत छैटौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको महिला सिंगल्समा मंगलबार सेमिफाइनलमा प्रवेश गरेकी छन्।

खराब प्रकाशका कारण सोमबार बीचैमा रोकिएको अन्तिम क्वाटरफाइनलमा आइराले एनी माथेमालाई ७–५ र ६–४ ले पराजित

गरिन्। खेल स्थगित हुँदा आईरा ७–५ र २–४ को स्थितिमा थिइन्। सेमिफाइनलमा आईराको भेट अभिलाषा विष्टसंग हुनेछ। अर्को अन्तिम खेलमा प्रेरणा कोइराला र गंगा शर्माबीच हुनेछ।

मिक्स डबल्समा श्रीराम मगर र आईराको जोडीले छेवाङ लामा र गंगाको जोडीलाई ६–१ र ६–२ तथा प्रणव खनाल र माहिका राणाको जोडीले अभिलाषा विष्ट र अनिल शाहीको जोडीलाई ६–१, ३–६ र १०–२ को सेटमा हराउँदै फाइनलमा स्थान पक्का गरे।

पुरुष डबल्समा जितेन्द्र परियार र सन्तोष खत्रीको जोडीले ईश्वर जिसी र दीप राणाको जोडीलाई ६–१ र ६–०, निरेश श्रेष्ठ र अनिल कुइकेलको जोडीले कुलबहादुर राई र प्रकाश चन्दको जोडीलाई ६–२, ६–७ र १०–४, प्राञ्जल कायश्थ र नवीन मगरको जोडीले श्याम जिसी र अन्जन थिङको जोडीलाई ६–३ र ६–४, अनिल शाही र प्रदीप खड्काको जोडीले श्यामसुन्दर जिसी र राम रोकाको जोडीलाई ६–२ र ६–२ को सेटमा पाखा लगाउँदै अन्तिम चारमा यात्रा तय गरे।
भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा कमल भण्डारी, राजु श्रेष्ठ, महेश श्रेष्ठ र रोहित सुनवार सेमिफाइनलमा पुगे। ४५ वर्षमाथि पुरुष सिंगल्समा विनोद गुरुङ, कमल थापा, कृष्णराज घले, राजु राई, उत्तमकुमार शेर्पा, विकास गुरुङ, मनोज शाह र विनोद गुरुङले अन्तिम आठमा स्थान सुरक्षित गरे। ५५ वर्षमाथि पुरुष सिंगल्समा कर्मा टासी लामा, विष्णुप्रसाद गैरे, ध्रुव गुरुङ र कमल थापा अन्तिम चारमा प्रवेश गरे।

भेट्रान ४५ वर्षमाथि पुरुष डबल्समा कृष्णराज घले र सुवर्ण धाक्वा, विनोद कायश्थ र धर्म लामिछाने, उमेश शाही र सुकमान तामाङ, प्रताप मोक्तान र थोङबम तुलेश्वर सिंह, सुदर्शन विष्ट र राजु क्षेत्री, विमल गुरुङ र आशिष सिग्देल, सञ्जिव श्रेष्ठ र डेगेन्द्र श्रेष्ठ तथा धर्म शाही र सञ्जय अमात्यको जोडी अन्तिम आठमा पुगे।

प्रतिक्रिया दिनुहोस्