बार्सिलोना ला लिगा च्याम्पियन



लन्डन, (एजेन्सी)
स्पेनिस फुटबलका महारथी बार्सिलोना यस सिजनको ला लिगा च्याम्पियन बनेको छ।

लियोनल मेसीको ह्याट्रिकको मदतमा डेपोर्टिभा ला कोरूनालाई ४–२ गोलअन्तरले पराजित गर्दै बार्सिलोनाले ४ खेलअगावै ला लिगाको उपाधि जितेको हो। ३४ खेलबाट बार्सिलोनाले ८६ अंक जोडेको छ। त्यसअघि आइतबारै अलाभेजलाई १–० ले पराजित गरेको एट्लेटिको मेड्रिड ३५ खेलबाट ७५ अंकका साथ दोस्रो स्थानमा छ।

एट्लेटिकोले बाँकी ३ खेल जिते पनि शीर्ष स्थानमा पुग्न नसक्ने समीकरण बनेपछि बार्सिलोनाले उपाधि जितेको हो। यस सिजन बार्सिलोनाले ३४ खेलमा अपराजित यात्रालाई कायम राखेको छ। यदि बाँकी रहेको ४ खेलमा पनि हार टार्न सके बार्सिलोनाले अपराजित रहँदै च्यानम्पियन बन्ने कीर्तिमानसमेत बनाउनेछ। गतसाता कोपा डेल रेको उपाधि हात पारेको बार्सिलोनालाई ला कोरुनाले गार्ड अफ अनरसमेत प्रदान गरेको थियो।

योसँगै बार्सिलोनाले २५औं पटक स्पेनिस ला लिगाको उपाधि जितेको छ। रियल मेड्रिडले सर्वाधिक ३३ पटक उपाधि जितेको रेकर्ड छ। डेपोर्टिभोविरुद्धको खेलमा मेसीको तीनवटै गोलमा उरुग्वेली फरवार्ड लुइस सुआरेजले पास उपलब्ध गराएका थिए। मेसीले खेलको ३८औं, ८२औं र ८५औं मिनेटमा गोल गर्दै आफ्नो ≈याट्रिक पूरा गरेका थिए। त्यसअघि खेलको सातौं मिनेटमै फिलिप काउटिन्होले गोल गर्दै बार्सिलोनालाई शुरुआती अग्रता दिलाएका थिए।

मेसीले ३८औं मिनेटमा गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारेका थिए। त्यसको दुई मिनेटपछि नै लुकास पेरेजले घरेलु टोली डेपोर्टिभोका तर्फबाट एक गोल फर्काउँदै पहिलो हाफसम्म खेललाई २–१ स्थितिमा टुंग्याएका थिए।

यस्तै खेलको ६४औं मिनेटमा डेपोर्टिभोका एम्रे कोलाकले गोल गर्दै खेललाई बराबरीमा ल्याउन सफल भएका थिए। तर मेसीले ८२औं मिनेटमा सुआरेजसँग पासमा गोल गरेपछि बार्सिलोनाले पुनः अग्रता लिएको थियो। त्यसको तीन मिनेटपछि सुआरेजकै पासमा गोल गर्दै मेसीले बार्सिलोनाको जित सुनिश्चित गरे।

क्लब र देशका लागि गरेर मेसीको यो ४६औं ह्याट्रिक बन्यो। मेसीले ≈याट्रिकसँगै जारी सिजनको लिग गोल संख्या ३२ पु¥याएका छन्। उनले जारी सिजन युरोपमा सर्वाधिक गोल गर्ने सूचीमा रहेका लिभरपुलका मोहमद सलाहलाई १ गोलले पछाडि पारेका छन्। ला लिगमा लगातार ७ सिजनमा ३० भन्दा बढी गोल गर्ने मेसी पहिलो खेलाडीसमेत बनेका छन्।

प्रतिक्रिया दिनुहोस्