ग्याँस बुलेट त्रिशुली नदीमा खस्यो, एकको मृत्यु



धादिङ । ग्याँस बुलेट गजुरी गाउँपालिका वडा नं २ मलेखु नजिकै त्रिशुली नदीमा खस्दा चालकको मृत्यु भएको छ ।

शुक्रबार बिहान ग्याँस बोकेको एचआर ५५ क्यु ८६३० नम्बरको ग्याँस बुलेट अनियन्त्रित भई सडकबाट ३५ मिटर तल त्रिशुली नदीमा खस्दा चालक भारत घर भएका ३६ वर्षीय सुरेन्द्र सिंह रहेको मृत्यु भएको धादिङ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्