भ्रष्टाचार अभियोगमा ब्राजिलका पूर्वराष्ट्रपति लुला १२ वर्ष जेल



एजेन्सी । ब्रजिलको सर्वोच्च अदालतले पूर्व राष्ट्रपति लुइज इनासिओ लुला डा सिल्भालाई भ्रष्टाचार अभियोगमा १२ वर्षको कैद सजाय सुनाएको छ ।

घन्टौसम्म चलेको कानुनी बहसपछि ६ जना न्यायाधीशहरूले लुलाको विपक्षमा र ५ जना न्यायाधीशहरूले उनको पक्षमा फैसला सुनाएका थिए ।  प्रधानन्यायाधीश करर्मेन लुसिया रोचासहित बहुमत न्यायाधीश पूर्वराष्ट्रपति लुलालाई कैद गर्नुपर्ने पक्षमा उभिएका थिए ।

लुलाले घुसको रूपमा समुद्र तटमा १० लाख डलरभन्दा बढी मूल्य पर्ने एक अपार्टमेन्ट लिएको अभियोगमा गत वर्षको जुलाईमा एक अदालतले दोषी ठहर गरेको थियो ।

अदालतको फैसलाले ब्राजिलको राजनीतिमा उथलपुथल ल्याउने र पुनः शक्तिमा फर्किने लुलाको प्रयास अन्त्य गरिदिएको छ । लुला आगामी अक्टोबरमा हुने राष्ट्रपतीय चुनाव लड्ने तयारीमा थिए ।

प्रतिक्रिया दिनुहोस्