सुटुक्क चीन पुगेका किमले राष्ट्रपति सीलाई भेटेको खुलासा



काठमाडौँ ।
उत्तर कोरियाली नेता किम जोङ उनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटघाट गरेको खुलासा भएको छ ।

आणविक हतियार मोहका कारण अमेरिका दक्षिण कोरियालगायतका विश्व समुदायबाट एक्लिन पुगेका उत्तर कोरियाली नेता किम जङ अन सुटुक्क चीन पुगेको आशङ्का गरीरहेका बेला स्थानीय सञ्चारमाध्यमले चीन पुगेर चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटघाट विभिन्न विदेशी समाचारमाध्यामहरुले समाचारमार्फत उल्लेख गरेका छन् । किम विशेष रेलमार्फत चीन पुगेका विश्वास गरिएको छ ।

चिनियाँ सरकारी समाचार सेवा (सिन्ह्वा) र उत्तर कोरियाका केहि सरकारी सञ्चार माध्यमले यसको पुष्टि गरेका हुन् ।

सन् २०११ मा मुलुकको राज्यसत्ता सम्हालेयता कुनै पनि देशको भ्रमण नगरेका किम पहिलो पटक चीन पुगेका हुन् ।
उत्तर कोरियाको सरकारी समाचार सेवा केसीएनएले किमको चीन यात्रालाई ऐतिहासिक भएको विश्लेषण गरेको छ ।
अमेरिकासँग वार्ताको तयारीमा रहेको उत्तर कोरियाले एक्कासी चिन भ्रमणमा निस्कनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

अघिल्लो महिना दक्षिण कोरियाको प्रस्तावमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र किम जोङ उन वार्ताको लागि तयार भएका थिए । यद्यपि, विश्लेषकहरुले उत्तर कोरियाले अमेरिकासँग वार्ता गर्नुअघि किम चीन जानसक्ने अनुमान पनि गरेका थुप्रै अनुमानित समाचारहरु प्रकाशित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्