राजधानीका ७ स्थानमा ट्राफिक लाइट



काठमाडौं, (नेस)
लामो समयदेखि ट्राफिक लाइटविहीन बनेको काठमाडौं मंगलबारबाट भने नयाँ युगमा प्रवेश गरेको छ। ट्राफिक लाइटविहीन बनेको काठमाडौंलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाको संयोजनामा नयाँबानेश्वर चोकलगायत ७ स्थानमा ट्राफिक लाइटको व्यवस्था गरिएको छ।

ट्राफिक प्रहरीको इशारामा गुड्दै आएका सवारीसाधन अब ट्राफिक लाइटको इशारामा चल्ने भएको छ। मंलगबार दिउँसो महाशाखाका प्रमुख प्रहरी नायव महानिरीक्षक सर्वेन्द्र खनालले ट्राफिक लाइटको शुभारम्भ गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्