अमेरिकाले जापान र दक्षिण कोरियालाई हतियार दिने



वासिंगटन,(एजेन्सी)
संयुक्त राज्य अमेरिकाले आफुले शुक्रवार उत्तर कोरियासंग पुन तनाव चर्किन थालेकको अवस्थामा दक्षिण कोरिया जापानलाई ६० करोड डलर भन्दा बबढि मूल्य पर्ने हवाई प्रतिरक्षा क्षेप्यास्त्रहरु बिक्रि गर्न अनुमोदन पारित भएक्को जनाएको छ ।

अमेरिकाको विदेश विभागले हवाई आक्रमण विरुद्ध युद्धपोतबाट प्रहार गरिने ९४ एसएम – २ क्षेप्यास्त्र लगायत १२ वटा गाइडेन्स सिस्टम्स गरी कूल ३१ करो ३९ लाख डलरको हतियार बिक्रिका लागि नर्णिय भएको जनाएको छ । साथै यसै विभागले ३१ करोड ७० लाख डलर मुल्यको १६० एन्टि एयर एमराम क्षेप्यास्त्र जापानलाई बिबबक्रि गरिने जनाएको छ ।

यसैगरी विदेश विभागले एकक विज्ञप्ति मार्फत यस हतियार बिक्रिले अमेरिकाको राष्ट्रिय सुरक्षा उद्देश्य विदेश नीतिलाई टेवा पुग्ने तथा आफ्ना प्रमुख निकतटम सहयोगी मुलुकहरुलाई सहयोग हुने जनाएको छ । दक्षिण कोरियाका अनुसार उत्तर कोरियाले गत साता दुईवटा छोटो दुरीका क्षेप्यास्स्त्रको परिक्षण प्रक्षेपण गरेको थियो ।

एक साता भन्दा छोटो समयमा उत्तर कोरियाले यो दोश्रो क्षेप्यास्त्र प्रक्षेपण गरेको हो । यि परिक्षणको कारण अमेरिका र प्यौंगयांग बिचको सम्बन्धध पुन चिसिन पुगेको छ । गत वर्ष उत्तर कोरियाली नेता किम जोंग उनसंगको सिंगापुरमा सम्पन्न ऐतिहासिक वार्ता पछि ट्रम्पले कोरियाली प्रायद्विप आणविक हतियार मुक्त हुने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्