कांग्रेस राजतन्त्र फर्काउने सपना बोकेर हिँडेको छः प्रधानमन्त्री ओली



नेपाल समाचारपत्र, काठमाडौं ।
प्रधानमन्त्री एवंम नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी ओलीले नेपाली काँग्रेसले प्रगतिशील र वामपन्थीसँग मिलेर अघि बढ्नुको साटो प्रतिकृयावादी शक्तिहरुसँग घाँटी जोडेको आरोप लगाएका छन् ।

सोमबार नेपाल कम्युनिस्ट पार्टीको ७० औँ स्थापना दिवसका अवसरका नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसले लोकतन्त्रवादी वादीसँग नभई प्रतिक्रियावादीसँग घाँटी जोडेको बताएका हुन् ।उनले भने, ‘कांग्रेस लोकतन्त्रवादी हो भने प्रगतिशील शक्तिसँग सहकार्य गर्नुपर्छ, प्रतिक्रियावादीसँग होइन्’, उनले भने, ‘कांग्रेसका धेरै नेताहरु राजतन्त्र फर्काउने सपना बोकर हिँडेको देख्दा अचम्म लाग्छ।’

उनले जन्मकै आधारमा कोही श्रेष्ठ र तुच्छ नहुने भन्दै लोकतन्त्रवादीवादीले जन्मसिद्ध श्रेष्ठताका आधारमा मेरो शासक बन्देउ भनेर निवेदन नहाल्ने उनको भनाइ थियो।

‘जन्मसिद्ध श्रेष्ठता पशुमा हुन्छ, मान्छेमा होइन’, उनले भने ‘मान्छे जन्मदै शासक र रैति जन्मदैन। कांग्रेसले यो ठान्छ भने लोकतान्त्रिक नाम हटाए हुन्छ।’ उनले भने, ‘नेकपाले नेपालमा समानता, सामाजिक न्याय र आमुल परिवर्तनको बीउ रोपेको र उसैको नेतृत्वमा हुर्कँदै आएको छ ।’

उनले नेकपा र आर्थिक उन्नतीका सवालमा सुरुदेखि नै अंगिकार गरेपनि विभिन्न स्वाथृका कारण विभाजन र टुटफुट हुदै आए । जनताको जनवाद अहिले आएको भन्दै उनले यो राजनीतिक अधिकारसँगमात्रै सिमित नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्