टेलिकमले माघभित्र देशभर फोरजी सेवा विस्तार गर्ने



नेपाल समाचारपत्र, काठमाडौं
नेपाल टेलिकमले आगामी माघभित्र देशभर फोरजी सेवा विस्तार गर्ने भएको छ । कम्पनीले विस्तार गर्न लागेको फोरजी एलटीई आयोजना, मध्य पहाडी लोकमार्ग अप्टिकल फाइबर आयोजना, एफटीटीएच सेवा विस्तार र गुणस्तर सुधारलगायतको विषयमा बिहीबार पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
सातै प्रदेशमा सेवा विस्तारको लागि गत माघ २० मा तीन वटा सम्झौता भएको र सम्झौताअनुसार एक वर्षमा काम सम्पन्न हुने प्रवक्ता टेलिकमकी प्रतिभा वैद्यले जानकारी दिनुभयो ।

जसको लागि कोर नेटवर्कका लागि चीनको जेडटीई कर्पोरेसन तथा नेटवर्क १ र नेटवर्क २ का लागि हङकङको सीसीएसआईलाई विस्तारको जिम्मेवारी टेलिकमले दिएको छ । फोरजी सेवा विस्तारका लागि कम्पनीले टेन्डरको काम सकेर हाल साइट सर्भेको काम ६० प्रतिशत सकिसकेको जनाएको छ ।
फोरजी एलटीई सञ्चालनकको लागि दुईवटा नेटवर्क बनाइएको टेलिकमले जनाएको छ। फोरजी एलटिइ आयोजनामार्फत मुलुकभर ६५ लाख जनाको पहु“चमा पुग्ने टेलिकमको दाबी छ।

कम्पनीले पहिलोपटक २०७३ पुस १७ गते काठमाडौं उपत्यका र पोखराबाट फोरजी सेवा शुरु गरेको थियो । हाल अधिकतम डाटा स्पिड ३२ एमबीपीएस रहेकोमा टेलिकमले नया“ परियोजनामार्फत क्षमता विस्तार गरी एक सय ३० एमबीपीएसको स्पिड दिन सक्ने टेलिकमले दाबी गरेको छ।

फोरजी एलटीई नया“ सम्झौताअनुसार काठमाडौं, पोखरा, नेपालगन्ज र विराटनगरमा परीक्षण गर्ने योजना रहेको छ। फोरजी एलटीईको नया“ आयोजनामा ६० प्रतिशत लागत उपकरणमा रहेको छ भने ४० प्रतिशत लागत उपकरण ढुवानी र जडानमा रहेको छ।

नेटवर्क १ अन्तर्गत मध्यमाञ्चल र मध्यपश्चिमाञ्चल अर्थात हालको प्रदेश २, ३, ५ र ६ तथा नेटवर्क २ अन्तर्गत पूर्वाञ्चल, पश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल अर्थात हालको प्रदेश १, २, ४, ५ र ७ का विभिन्न स्थान पर्छन् । चैत मसान्तसम्म ४ सय वटा थ्रीजी बीटीएसहरुको स्तरोन्नति गरिएको छ ।

त्यसैगरी सो अवधिमा ४ सय ७ वटा बीटीएस थप गरिएको छ । एक करोड लाइन मोबाइल आयोजनाअन्तर्गत ग्राहकको माग एवम् प्राविधिक अध्ययनअनुसार आवश्यक देखिएका स्थानमा मोबाइल टावर थप गर्ने कार्य जारी रहेको छ । सो आयोजनाअन्तर्गत प्याकेज ‘बी’ को शतप्रतिशत काम सकिएको छ भने प्याकेज ‘ए’ को काम ९५ प्रतिशत सकिएको र चालू आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको टेलिकमले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्