हालेपको सामना सेरेनासँग



मेलबर्न, (एजेन्सी)
महिलातर्फ शीर्ष वरियता खेलाडी सिमोना हालेप अस्टे«लियन ओपनको चौथो चरणमा पुगेकी छन् । अन्तिम १६ पुग्न हालेपले अमेरिकाकी भेनस विलियम्सलाई ६–२, ६–३ ले हराइन् । मेलबर्नमा यस वर्षको प्रतियोगितामा उनको यो पहिलो सीधा सेटको जित समेत थियो ।

योसँगै उनले अर्को चरणमा भेनसकी बहिनी सेरेनासँग खेल्ने पनि तय गरिन् । ३७ वर्षीया सेरेनाले १८ वर्षकी युक्रेनी खेलाडी डायाना यास्टे«मस्कालाई ६–२, ६–१ ले हराएकी हुन् । सेरेनासँग खेल्ने भएपछि २७ वर्षीया रोमानियाकी हालेपले बताइन्—यो ठूलो चुनौती हो तर म सामना गर्न तयार छु ।

सेरेनासँग ९ खेल खेलेकोमा हालेपले ८ खेलमा हार बेहोरेकी छिन् । पछिल्लो पटक २०१६ को युएस ओपनमा उनीहरुको भेट भएको थियो । हालेपले गत वर्ष मेलबर्नमा भएको फाइनलमा कारोलिन वजनीयाकीसँग हार बेहोरेकी थिइन् । सेरेना भने दुई वर्ष अघि यसै कोर्टमा २३औं ग्रान्डस्लाम उपाधि जित्न सफल भएकी थिइन् । यसपटक उनी मार्गारेट कोर्टको २४औं ग्रान्डस्लाम संख्यासँग बराबरी गर्न कम्मर कसिरहेकी छिन् ।

पुरुषतर्फ नोभाक जोकोभिचले अस्टे«लियन ओपनको अन्तिम १६ मा स्थान बनाएका छन् । सर्बियाली खेलाडीले क्यानाडाका डेनीस शापोभालोभलाई ६–३, ६–४, ४–६, ६–० ले हराएका थिए । यो जारी प्रतियोगितामा जोकोभिचले पहिलो सेट गुमाएका थिए । योसँगै उनले शीर्ष स्थान बलियो समेत बनाए ।
१४ ग्रान्डस्लाम विजेता जोकोभिचले गत नोभेम्बरमा शीर्ष स्थानमा पुन कब्जा जमाएका थिए ।

अन्तिम १६ मा पुगेसँगै उनको पहिलो स्थान सुरक्षित पनि भएको छ । उनी मेलबर्नमा सातौं पटक उपाधि जितेर रोय एमर्सन र रोजर फेडेरर भन्दा माथि उक्लिने कोसिसमा छन् । यी तीनै खेलाडीले अस्टे«लियन ओपन ६÷६ पटक जितेका छन् । उनको अर्को खेलमा रुसका डानील मेडभेडेभसँग हुनेछ ।

प्रतिक्रिया दिनुहोस्