तौलपुल कार्यविधिलाई कडाईका साथ लागँ गर्न माग



 

बुटवल, (नेस)
भारतिय गाडीको ओभर लोड नियन्त्रणका लागि तौलपुल कार्यविधीलाई व्यवहारमा कडाईका साथ लागु गर्न सरोकार वाला निकाए संग जोड दार रुपमा माग गरिएको छ ।

भारतिय गाडीले ओभरलोड वोकर निर्वाद्ध रुपमा नेपालमा ढुवानी गर्दा नेपाली ट्रक व्यवसायीको लगानी धरासायी बन्दै गएकोले नेपाली व्यवसायीको लगानीको सुरक्षाका लागि यातायात व्यवस्था कार्यालयले उपलब्ध गराएको विलबुकमा उल्लेख भएको भारवहन क्षमतालाई आधार मानी ढुवानीको व्यवस्था मिलाउन सरोकार वाला निकाय संग ट्रक व्यवसायीहरुले आग्रह समेत गरेका छन ।

नेपाल ट्रक यातायात व्यवसायी महासंघद्धार शुक्रवार बुटवलमा आयोजित ट्रक यातायात क्षेत्रका विकराल समस्याका वारेमा प्रदेश ४, ५ , ६र ७ का यातायाता व्यवसायीहरुको सहभागितामा भएको छलफल कार्यक्रमले उक्त निर्णय गरेको महासंघका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले बताउनु भयो । चार वटा प्रदेशका ट्रक व्यवसायीहरु र महासंघका पदाधिकारी सहभागी कार्यक्रममा भारतिय गाडीको ओभरलोडका कारण नेपाली व्यवसायीको पेशा धरासायी बनेको ठहर गदै उनिहरुले तौलपुल कार्यविधी अनुसार भार वहन गराउनु पर्ने निर्कषमा पुग्नु परेको अध्यक्ष श्रेष्ठले बताउनु भयो ।

नेपालमा ६० प्रतिशत भारतिय गाडीले माल सामान ढुवानी गरिरहेकाले नेपाली व्यवसायीको लगानी संकटमा परेको समेत उहाँले बताउनु भयो ।
सरकारले ट्रक व्यवसायीको संस्था नविकरण गरी व्यवसायीको लगानीलाई सुरक्षित गर्न र व्यवसायीले राज्यलाई पुराएको योगदानको कदर गर्न पनि माग गरेका छन ।

कार्यक्रममा महासंघका निर्वतमान अध्यक्ष अर्जुन रानाभाट महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेल महासंघका केन्द्रिय सदस्य टिकाराम गौतम, प्रदेश ५ का संयोजक यम प्रसाद पाण्डे, पश्चिमात्तचल यातायात समितिका महासचिव हरि प्रसाद कंडेल कार्यालय प्रमुख बावुराम अधिकारी लगायतले भारतिय गाडीको ओभरलोड नियन्त्रण नगरिए नेपाली व्यवसायीले आत्महत्या गर्न पर्ने पीडा सुनाउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्