खुकुरी प्रहार गरी २ महिला घाइते बनाई आँफैले गरे आत्महत्या



भद्रपुर ।
झापामा एक व्यक्तिले दुईजना महिलामाथि खुकुरी प्रहार गरी घाइते बनाएर सोही खुकुरीले आफ्नै घाँटी रेटेर आत्महत्या गरेका छन् । झापाको अर्जुनधारा नगरपालिका १० स्थित चुथाईका ४४ वर्षीय खडानन्द पौडेलले सोही स्थान का २४ वर्षीया जमुना ओझा र वर्ष २१ की बिना भारतीलाई खुकुरी प्रहार गरी घाइते बनाएका हुन् ।

घरमै गएर सुतिरहेको अवस्थामा शनिबार विहान महिलामाथि खुकुरी प्रहार गरेलगतै पौडेलले केही पर गएर सोही खुकुरीले आफैँ घाँटी रेटेर आत्महत्या गरेको प्रहरी कार्यालय झापाले जनाएको छ । घाइते महिलाहरुको बिर्तामोडमा उपचार भइरहेको झापाका डिएसपी महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए । विना जमुनाको घरमा सुत्न गएकी थिइन । पौडेलले ओझालाइ ढाका खोल्न लगाइ अन्धाधुन्द खुकुरी प्रहार गरेको स्थानीयले जनाएका छन् ।

घाइते ओझाको टाउको र शरीरका विभिन्न भागमा खुकुरी प्रहार गरेका कारण अवस्था गम्भीर रहेको डिएसपी श्रेष्ठको भनाइ छ । प्रहरीका अनुसार खुकुरी प्रहार गर्ने पौडेल निर्माण व्यवसायीको काम गर्दै आइरहेका थिए । पौडेलले घाइते बनाएकी ओझाको घर बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए । घटना आर्थिक लेनदेनको विषयमा हुन सक्ने प्रहरीले आशंका गरेको छ ।

घटनाका बारेमा प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले घटनास्थल पुगेर थप अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्