एपीएफ सिमरा गोल्डकपको अन्तिम आठमा



नेपाल समाचारपत्र
बारा
रगञ्जको विशाल मेमोरियल फाउन्डेसनलाई पराजित गर्दै एपीएफले अन्तिम आठकोे यात्रा तय गरेको छ।

विशाल मेमोरियल फाउन्डेसन वीरगन्ज विरुद्ध १–० को संघर्षपूर्ण जित निकाल्दै विभागीय टोली एपीएफ क्लब सिमरामा जारी रुस्लान दसौं सिमरा गोल्डकपको क्वार्टफाइनलमा प्रवेश गरेको हो।

सिमरा रंगशालामा शुक्रबार भएको खेलमा एपीएफले विभागीय टोलीको जितमा क्रममा आशिष लामाले निर्णायक गोल गरे। सुदिप शिखराकारको क्रसमा आशिषले खेलको खेलको ३६औं मिनेटमा गोल गरेका थिए। डि बक्सभित्र पाएको बललाई आशिषले जाली चुमाएका थिए। एपीएफसामू तालमेल मिलाउन नसकेको वीरगन्जले खेलको अन्तिम समयमा पाएको केही अवसर गुमाउन पुग्दा प्रतियोगिताबाट बाहिरिन पुग्यो। एपीएफको जीतमा निर्णायक गोल गरेका आशिष खेलको म्यान अफ दि म्याच घोषित हुँदै १० हजार नगद प्राप्त गरे।

वीरगञ्जका प्रशिक्षक सुलभजंग राणाले बलियो विभागीय टिमबिरुद्ध टिमका युवा खेलाडीले तालमेल मिलाउन नसकेको बताए। एपीएफका प्रशिक्षक रत्नकाजी महर्जनले थुप्रै अवसर गुमाउन पुग्दा जितका लागि संघर्ष गर्नुपरेको बताए।
प्रतियोगिताअन्तर्गत शनिबार सीएमजी संकटा क्लब र सरस्वती युथ क्लबबीच खेल हुनेछ। सात ए डिभिजन र तीन मोफसल गरी १० टिमको सहभागिता रहेको प्रतियोगिताको बिजेताले ६ लाख र उपबिजेताले ३ लाख प्राप्त गर्नेछ।

सिमरा गोल्डकपका एक दशक विमोचन

सिमरा गोल्डकपको एक दशक लामो इतिहासलाई समेटेर तयार पारिएको स्मारिका सिमरा गोल्डकपका एक दशक’ शुक्रबार सिमरा र·शालामा विमोचन गरिएको छ। नवजनजागृति यूवा क्लबका लागि सिमराको हेडलाइन खबर प्रालिले प्रकाशन गरेको पुस्तक क्लबका अध्यक्ष कासिम मियाँ, पूर्वअध्यक्ष राजकुमार भट्टराई, संविधान सभाका पूर्वसदस्य जयराम दाहाललगायतले संयुक्त रूपमा विमोचन गरेका थिए।
सिमरा गोल्डकपको पहिलो संस्करणदेखिको इतिहास, क्लबका पदाधिकारीको अनुभव एवं विभिन्न व्यक्तिको आलेख समेटिएको पुस्तक हेडलाइन खबर प्रालिका अध्यक्ष सुनील गाउँलेले तयार पारेका हुन्। गाउँले नेपाल खेलकुद पत्रकार मञ्च बारा समन्वय शाखाका अध्यक्षसमेत हुन्।

प्रतिक्रिया दिनुहोस्