गरुड पुराणलाई पीजी



आगामी शुक्रबार अल नेपाल रिलिज हुने फिल्म गरुड पुराणलाई सेन्सर बोर्डले बालबालिकाले अभिभावकको साथमा हेर्न मिल्ने गरी प्यारेन्टल गाइडेड (पीजी) सर्टिफिकेट दिएको छ।

माघ महिना विवाहको बेला भएको र यो फिल्म बाजा बजाउनेको कथामा आधारित रहेकाले पनि विवाहको मौसम पारेर ४ माघबाट रिलिज गर्न लागिएको निर्देशक सुवास कोइरालाले बताए। फिल्ममा नाजिर हुसेन, कर्मा, लुनिभा तुलाधर, प्रवीण खतिवडा, कमल देवकोटा, सरोज श्रेष्ठ, प्रकाश घिमिरे, रश्मी भट्टलगायत मुख्यक कलाकार रहेका छन् भने प्रियंका सिंहले डेब्यु गरेकी छिन्।

अजित प्रजापति र अशोक गौतमले निर्माण गरेको फिल्ममा कथा कसम नेपालको, पटकथा विनोद खतिवडा, आकाश बराल र सुवासको, संवाद आकाशको, कोरियोग्राफी रेनेशा बान्तवा राई, छायांकन सुसन प्रजापतिको र सम्पादन उज्ज्वल ढकालको रहेको छ।

प्रतिक्रिया दिनुहोस्