हिमालयन हाइड्रो एक्स्पो अर्को सातादेखि



????????????????????????????????????

नेपाल समाचारपत्र, काठमाडौं
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल ९इपान० र एक्स्पो एन्ड इभेण्ट म्यानेजमेन्ट सर्भिसेज प्रालिले संयुक्त रूपमा आयोजना गर्न लागेको दोस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको छ।

एक्स्पोमा सहभागी हुन ८५ भन्दा बढी प्रदर्शकले सयभन्दा बढी स्टल बुकिङ गरेका छन्। भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा आगामी माघ ४ गते उपराष्ट्रपति नन्दबहादुर पुनले एक्स्पोको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। एक्स्पोको व्यवस्थापन इभेन्ट सोलुसन प्रालिले गर्ने छ।
एक्स्पोमा जलविद्युत् प्रवद्र्धक, इक्युपमेन्टस सप्लायर, लगानीकर्ता, बैंक तथा बीमालगायत जलविद्युत्मा नयाँप्रविधि र निर्माणसँग सम्बन्धित विविध क्षेत्रको सहभागिता रहने छ।

एक्स्पोलाई राष्ट्रिय योजना आयोग र ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले संरक्षकत्व प्रदान गरेका छन्। साथै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, निर्माण व्यसायी महासंघ, नेपाल बैंकर्स संघ, जलविद्युत् लगानी तथा विकास कम्पनी तथा युथ कम्युनिटी फर नेप्लिज कन्ट्रयाक्टर्सले एक्स्पोलाई अनुमोदन गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्