राहाफलाई शरणार्थीको वैधानिकता



बैंकक, (एजेन्सी)
परिवारबाट भागेर आएकी तथा बैंकक छोड्न अस्वीकार गर्दै आएकी राहाफ मोहमद अल कुनुन नाम १८ वर्षीया साउदी युवतीलाई बुधबार संयुक्त राष्ट्रसंघले वैधानिक शरणार्थी घोषित गरेको अस्ट्रेलियाली सरकारले जनाएको छ।

सोमबार बैंककको विमानस्थलको होटेलभित्र थुनिएर बस्नुअघि उनले कुवेततर्फको विमान चढ्न अस्वीकार गरेकी थिइन्।
उनी कुवेतबाट परिवार छोडेर बैंकक आइपुगेकी थिइन्। इस्लाम धर्मसमेत त्यागिसकेको बताउने उनी अस्ट्रेलिया जाने तरखरमा रहेकी थिइन्। उनले यदि कुवेतस्थित आफ्नो परिवारसमक्ष हस्तान्तरण गरिएको खण्डमा आफूलाई मार्न सक्ने बताएकी थिइन्।

साउदी अरेबियामा यसरी इस्लाम त्याग्ने व्यक्तिलाई मृत्युदण्डको व्यवस्था रहेको छ। संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी उच्च निकायले अस्ट्रेलियालाई उनको समस्यामाथि विचार गरिदिन अनुरोध गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्