बैंकक विमानस्थलमा साउदी युवती अलपत्र



रियाद,(एजेन्सी)
आफ्नो परिवारबाट भागेकी एकजना साउदी युवती थाइल्यान्डको राजधानी बैंककको मुख्य विमानस्थलमा अलपत्र परेकी छिन् । साथै उनको पासपोर्ट एकजना साउदी अधिकारीले जवर्जस्ती लिएको बताइएको छ ।

अठार वर्षिया राहाफ मोहमद अल –कुनुन नामक ति युवतीले आफ्नो परिवारसंग कुवेत भ्रमण गएकोबेला दुईदिन अघि उनी विमान द्धढेर भागेको बताएकीछिन् । उनले बैंककको कुन ैर्ओ उडान मार्फत अष्ट्रेलिया प्रस्थान गर्ने प्रयास गरिरहेकी थिइन् ।

उनले विविसि समक्ष आफुले इस्लाम धर्म त्यागेको कुरा खोलेकी छिन् । साथै उनले आफुलाई जवर्जस्ती साउदी अरेविया फर्काइएको खण्डमा परिवारले मार्ने डर भएके बताएकी छिन् ।

बैंकक स्थित विविसिका संवाददाता जोनाथन हेडले मोहमद अल–कुनुन निकै डराएको र आत्रिएको जस्तो देखिएको बताएका छन् । उनले आफुसंग अष्ट्रेलियाली भिसा रहेको र सुवर्णभुमि विमानस्थलमा विमानबाट ओर्लने क्रममा एकजना साउदी कुटनीतिज्ञले आफ्नो पासपोर्ट छिनेको बताएकीछिन् ।

मोहमदले अहिले आफु ट्रान्जिट एरियाको एउटा होटेलमा बसिरहेको विविसि न्युजआवरलाई बताएकीछिन् । उनले भनेकीछिन् , ‘ मैले मेरो कथा रतस्वीरहरु सामाजिक संजालमा सेयर गरेको छुँ । मेरो यस कार्यबाट मेरो बुबा निकै आक्रोसित छन् । म आफ्नो मुलुक साउदी अरेवियामा पढ्न र काम गर्न सक्तिन । त्यैले म स्वतन्त्रसंग काम गर्न र पढ्न चाहन्छुँ ।

प्रतिक्रिया दिनुहोस्