अन्र्तक्रियामा चौका दाउ



????????????????????????????????????

आगामी शुक्रबार अल नेपाल रिलीज हुने फिल्म चौका दाउको राजधानीबाहिरका ४ शहरमा अन्तरक्रिया गरिएको छ। फिल्मको जिल्ला यात्राअन्तर्गत मंगलबार हेटौंडा, बुधबार चितवन र बुटबलमा बिहिबार पोखरामा अन्तरक्रिया गरिएको हो।

चार सहरमा सञ्चारकर्मीसँग अन्र्तक्रिया गरी फिल्म युनिट काठमाडौं फर्किएको छ। अन्तरक्रिया कार्यक्रममा लोकप्रिय हास्य कलाकार सन्तोष पन्तले बिगतका सिनेमामा १०÷१५ सिन सिमित हुनु परे पनि चौका दाउमा शुरूदेखि अन्त्यसम्म आफ्नो रोल रहेको खुलाए। फिल्ममा नायिका वर्षा राउतको प्रेमी भएर काम गर्दाको अनुभव सुनाउँदै उनले भने, ‘मेरो छोरीको उमेरकी वर्षा राउतको प्रेमी हुनुले पनि यो फिल्मको कथा कस्तो छ भन्ने दर्शकले बुझ्नु हुन्छ। फिल्मले दर्शकलाई दुई घन्टासम्म मज्जाले हँसाउँछ, किनकी यो पँर्ण मनोरञ्जन प्रधान सिनेमा होु पन्तले भने ‘लामो समयको अन्तरालपछि फिल्ममा फर्किएको छु। किस्मत–२ पछि फेरी दुई वर्ष बिश्राम गरेर चौका दाउमा काम गरेको छु।ु

नायिका राउतले चौका दाउ आफुले अभिनय गरेका बिगतका फिल्मभन्दा फरक रहेको बताईन्। ‘मैले मुख्य नायिकाको भँमिका निर्वाह गरेको यो दोस्रो महत्वपँण फिल्म हो र यसमा कथा नै मेरी वरीपरी घुमेको ट्रेलरबाट यहाँहरूले थाहा पाइसक्नु भएको छु वर्षाले भनिन् ‘तर ट्रेलरमा नआएका धेरै कुरा फिल्ममा छ। ती दृष्यले दर्शकलाई हसाउने काम गर्छ। फिल्ममा म केटाहरूलाई फसाउने उर्वसीको भँमिकामा छु।ु निर्देशक पुर्णेन्दु झाले चौका दाउमा चार चौकाको रूपमा सन्तोष पन्त, रविन्द्र झा, विल्सन विक्रम राई, तैयव शाह र पाँचौ चौकाको रूपमा अजश्र ढुँगाना रहेको बताए। ‘यो पँर्णतया सामाजिक कथामा आधारित सिनेमा हो, यसको कथाले दर्शकलाई प्रभाव पार्नेछ र पुरा हँसाउने पनि छु उनले भने।

सौर्यजीत बासकोटा र मनोज राजभण्डारीले निर्माण गरेको यो फिल्मको परिकल्पनाकार, कथाकार र संगीतकार शम्भुजीत बासकोटा हुन्। फिल्ममा वसन्त श्रेष्ठको नृत्य, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, दीर्घ गुरुङको छायांकन र मित्रदेव गुरुङको सम्पादन रहेको छ। फिल्मको राधा पियारी र मेरो माया कतारमा बोलका गीत चर्चित छन्। गीतमा बसन्त श्रेष्ठ र भिमफेदी गाईजको नृृत्य निर्देशन छ।

प्रतिक्रिया दिनुहोस्