सौर्य ऊर्जालाई व्यावसयिक उत्पादन गर्नुपर्नेमा जोड



नेपाल समाचारपत्र, काठमाडौं
राष्ट्रिय योजना आयोगका सदस्य डा. कृष्णप्रसाद ओलीले मुलुकको अर्थतन्त्रलाई रुपान्तरण गर्नका लागि नवीकरणीय ऊर्जा प्रविधिलाई प्राथमिकतामा राख्नुपर्ने र ऊर्जा संघीयता अबको एजेन्डा हुन सक्ने धारणा राख्नु भएको छ ।

नेपाल सौर्य विद्युत् उत्पादक संघको १८औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको छ ।

उहाँले स्वच्छ ऊर्जा वास्तवमा विश्वको आवश्यकता भएको उल्लेख गर्दै विश्वस्तरका, क्षेत्रीय स्तरका, राष्ट्रियस्तरका मञ्चहरुमा खनिज इन्धनबाट भएका क्षतिबाट सचेत भई त्यस्ता स्रोत न्यँन गरी नवीकरणीय ऊर्जा प्रविधिको विकास र प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुपर्ने बताउनुभयो ।

जलविद्युत्, सौर्य ऊर्जा, वायु ऊर्जा र बायोमास ऊर्जा जस्ता नवीकरण ऊर्जाका स्रोतमा धनी मुलुक भए पनि खनिज इन्धन आयात गर्दै उपभोग गरिरहनु परेको मुलुक बताउनुभयो ।

आयोगका सदस्य ओलीले आगामी दिनमा घरायशी प्रयोजन, औद्योगिकरण, कृषि कार्य, यातायात, शिक्षा, स्वास्थ्य, सञ्चारलगायतका प्रयोजनका लागि नवीकरणीय ऊर्जा उपलब्ध हुने गरी सुनिश्चित हुने लक्षण बलियो भएको धारणा व्यक्त गर्नुभयो । ऊर्जा सम्प्रभुता अबको प्रमुख मुद्दा भइसकेको हुनाले सबै सरोकारवालाहरुको सहकार्य अपरिहार्य भएको उहाँको भनाइ छ ।

उक्त अवसरमा नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानका सचिव डा. बुद्धिरत्न खड्गेले मुलुकको आवश्यकता सुहाउँदो नवीकरणीय ऊर्जा प्रविधि विकासका अध्ययन अनुसन्धान गर्दै प्राज्ञिक जनशक्तिलाई उपयोग गर्नु उपयुक्त हुने विचार व्यक्त गर्नुभयो ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कायममुकायम कार्यकारी निर्देशक नवराज ढकालले परिवर्तित परिप्रेक्ष्यमा केन्द्रको कार्यशैलीलाई सुदृढीकरण गर्दै अघि बढ्न ऊर्जा दक्षता, जलवायु पविर्तनको नकारात्मक प्रभाव न्यँनीकरण गर्ने तीनै तहका सरकार का साथ सहकार्य र समन्वय गर्न केन्द्रले आधारभँत तयारी गरेको जानकारी दिनुभयो ।

नेपाल नवीकरणीय ऊर्जा परिसंघ अध्यक्ष गुणराज ढकालले नवीकरणीय ऊर्जा प्रवद्र्धनका लागि भएका नीति, कार्यक्रम निजी क्षेत्र र उपभोक्तामैत्री हुन नसकेको हुनाले नयाँ र परिमार्जित नीति निर्माण गर्न आवश्यक रहेको धारणा राख्नुभयोे ।

नेपाल सौर्य विद्युत् उत्पादक संघका अध्यक्ष किरण गौतमले मुलुकलाई आवश्यक नवीकरणीय ऊर्जा प्रविधि प्रवद्र्धन गर्न निजी क्षेत्रको महत्वपँर्ण योगदान रहेको भन्दै यसका लागि सरकार निजी क्षेत्र साझेदारीलाई सशक्त र प्रभावकारी तुल्याउन विद्यमान नीति र कार्यविधिहरु परिमार्जन गर्नुपर्ने धारणा राख्नुभयो ।

करिब ३० वर्षको इतिहास बोकेको नेपालको सौर्य ऊर्जा व्यवसाय करिब २२ वर्षदेखि प्रत्यक्षरुपमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँग सहकार्य गर्दै आइरहेको उहाँले जानकारी दिनुभयो ।अध्यक्ष गौतमले नेपालमा सौर्य ऊर्जाका उपभोक्ताको संख्या करिब ११ लाख पुगिसकेको र करिब ६० मेगावाट विद्युत् सौर्य फोटो भोल्टैक प्रविधिबाट उत्पादन भइरहेको उल्लेख गर्दै करिब ३ मेगावाट विद्युत् नेपाल विद्युत प्राविधिकरणको प्रसारणलाइनमा कनेक्सन भइसकेको बताउनुभयो ।

७७ वटै जिल्लाका ७५३ वटै स्थानीय तहका जनताको पहुँचमा सौर्य ऊर्जा पुगेको भन्दै राष्ट्रिय जनगणना २०६८ अनुसार कुल विद्युतीकरणको १७ प्रतिशतमा नवीकरणीय उजर्mा प्रविधिबाट पुगेको छ भने करिब ८ प्रतिशत सौर्य ऊर्जा प्रविधिबाट पुग्नुका साथै करिब १२ हजारले प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी पाएको जानकारी गौतमले दिनुभयो ।

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष इन्द्र खनाल, निवर्तमान अध्यक्ष उत्तम सिटौला, संरक्षक नवीन भुजेल, विज्ञ समँहका संयोजक शेखर अर्याललगायतले धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्