२ सय ५० जनाको निःशुल्क आँखा तथा कानको जाँच



धनवीर दाहाल, रुकुम ।
बाँफिकोट गाउँपालिका–२, मा २ सय ५० जना सर्वसाधारणको आँखाको जाँच भएको छ । रुकुम आँखा उपचार केन्द्र सल्लेको आयोजना तथा बाँफिकोट गाउँपालिका २ नम्वर वडाको व्यवस्थापनमा भएको आ“खा जा“च कार्यक्रम मार्फत २ सय ५० जनाको आ“खा जा“च गरिएको हो । मेलगैरी सहिद स्मृति पार्कमा भएको आ“खा जा“च शिविरमा १ सय ५७ महिला तथा ९३ जना पुरुषले आ“खा जा“च गराएका छन् ।

आँखा जाँच गराएका मध्य अधिकांशले कानको जा“च पनि गराएका छन् । सर्वसाधारणलो निःशुल्क आ“खा जाँच गरिएको थियो भने आवश्यक केही औषधी पनि रुकुम आ“खा उपचार केन्द्र सल्लेले निःशुल्क उपलब्ध गराएको थियो । कानको जा“च निःशुल्क गरिएको थियो भने बाँफिकोट गाउँपालिकाले कानको लागि आवश्यक केही औषधी उपलब्ध गराएको थियो । आँखाको जाँच गरेका अधिकांश विरामीमा मोतिविन्दु, चिलाउने र दाग भएको समस्या देखिएको आ“खा उपचार केन्द्र सल्लेकी इन्चार्ज मञ्जु बोहराले बताउनुभयो ।

उहाँका अनुसार बच्चाको आँखामा आँशुको नलीमा पनि समस्या देखिएको छ । चोटपटक लागेपनि उपचार नहुँदा धेरैले आँखाको समस्या व्यहोर्नु परिरहेको पाइएको इन्चार्ज बोहराले बताउनुभयो । कान जाँच गराएकामा अधिकांशको कान पाक्ने, पिपवाला समस्या भेटिएको छ । समग्रमा आँखा तथा कानप्रति सचेत नभइएको पाइएको बोहराको भनाई छ । मानिसका अति नै महत्पूर्ण अंगमा पर्ने आँखा तथा कानमा लापरबाही गर्न नहुने भन्दै आँखा तथा कानको जाँचका साथै आवश्यक सल्लाह तथा परामर्श पनि दिइएको इन्चार्ज बोहराले जानकारी दिनुभयो ।

सामान्य आ“खा जाँचका लागि टाढा जान नसक्नेहरुलाई लक्षित गरी निःशुल्क आँखा तथा कानको जाँच कार्यक्रम गरिएको बाँफिकोट गाउँपालिका २ नम्वर वडा अध्यक्ष धनबहादुर खत्रीले बताउनुभयो । एक दिने शिविरबाट २ सय ५० जनाले आँखाको समस्या तथा कानको समस्या बारे जानकारी पाएको अध्यक्ष खत्रीले बताउनुभयो । ‘आँखा तथा कानको हेरचाहमा लापरबाही गर्नुहुन्न भन्ने सचेतना पनि आजको यो शिविरले जगाएको छ,’ अध्यक्ष खत्रीले भन्नुभयो, ‘शिविरमा आएकाहरुले आँखा र कानको मात्रै जाँच गराउनु भएको छैन, आँखा र कानको हेरचाहको लागि आवश्यक सल्लाह तथा परामर्श पनि पाउनु भएको महशसु हामीले गरेका छौं ।’

रुकुम आँखा उपचार केन्द्रकी इन्चार्ज बोहरा र सह इन्चार्ज पलसिङ ओलीले आँखा तथा कान जाँच गर्नुभएको थियो । शिविरमा २ नम्वर वडाको साथै १ नम्वर वडाका पनि केही सर्वसाधारणले आँखा तथा कानको जाँच गराएका छन् । औपचारीक कार्यक्रम गरी शिविर सुरु गरिएको थियो । रुकुम आँखा उपचार केन्द्रकी प्रमुख मञ्जु बोहराको अध्यक्षतामा भएको कार्यक्रममा बाँफिकोट गाउँपालिका अध्यक्ष धर्मबहादुर केसीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा २ नम्वर वडा अध्यक्ष धनबहादुर खत्री, कार्यपालिका सदस्य लगायतको पनि आतिथ्यता रहेको थियो । कार्यक्रमका सञ्चालन वडा सचिव बीरबहादुर ओलीले गर्नुभएको वडा सदस्य कर्णबहादुर खत्रीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्