शपथका लागि सिंहदरबार पुगे रेशम चौधरी



काठमाडौं । कैलालीको टीकापुर हत्या प्रकरणमा मुछिएका राजपा नेपालका नेता रेशम चौधरी संसदको शपथका लागि सिंहदरबार पुगेका छन् ।

केन्द्रीय कारागार डिल्लीबजारमा थुनामा रहेका चौधरीलाई त्यहाँबाट सिधै सिंहदरबारस्थित संसद् सचिवालयमा लगिएको हो ।

सभामुख कृष्णबहादुर महराको कार्यकक्षमा केहीबेरमा उनलाई शपथ ग्रहण गराइँदैछ । शपथ लगत्तै चौधरीलाई पुन कारागार लगिने संसद् सचिवालय स्रोतले जानकारी दिएको ‘चौधरी पहिले सर्वसाधारणको रूपमा थुनामा थिए, अब निलम्बित सांसदको रूपमा थुनामा रहन्छन्,’ स्रोतले भन्यो ।

चौधरी गत वर्ष मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्