नेपाल समाचारपत्रकर्मी साम्पाङ सम्मानित



पाँचथर, (नेस)
पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ रविमा मंगलबार नेपाल समाचारपत्रकर्मीसहित छ जनालाई सम्मान गरियो।

रवि बजारका संस्थापक व्यक्ति युगपुरुष रविकर्ण राङकाशु दुमी राई स्मृति प्रतिष्ठान रविको पाँचौं वार्षिक उत्सव तथा सम्मान कार्यक्रममा कवि श्याम तमोट, कवयित्री मिश्र बैजयन्ति, संगीतकार अशोक राई, नेपाल समाचारपत्रका पाँचथर संवाददाता गणेश साम्पाङ, गजलकार मधुराज केरुङ र युवा गायक देवेश राईलाई ताम्रपत्र नगदसहित सम्मान गरिएको हो। पत्रकार गणेश साम्पाङलाई पत्रकारिताका तर्फ कबिरमान दुमी राई धर्मशिला माई शिवमाया ज्योति स्मृति सम्मान २०७५ बाट सम्मान गरिएको थियो।

सम्मानित सबै स्रष्टालाई जनही १० हजार नगदसहित सम्मान गरिएको संस्थाका महासचिव सरस्वती दुमि राईले बताउनुभयो।

सम्मानित स्रष्टालाई कार्यक्रमका प्रमुख अतिथि पूर्व स्थानीय विकास राज्यमन्त्री तथा लेखक श्रीप्रसाद जबेगुले सम्मानपत्र दोसल्ला र नगद प्रदान गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्