यी हुन श्रीमतीलाई जुवामा हार्ने श्रीमान



एजेन्सी । भारतको ओडिशा राज्यको बालेश्वर जिल्लामा एक व्यक्तिले आफ्नी श्रीमतीलाई जुवामा हारेको घटना सार्वजनिक भएको छ । जुवामा हारेपछि उनले श्रीमतीलाई जित्ने मान्छेको जिम्मा लगाएको र जित्ने व्यक्तिले ती महिलाको बलात्कार गरेको आरोप लगाइएको छ ।

पीडित महिलाले प्रहरीमा उजुरी गरेपछि उनका श्रीमान् र जुवा जित्ने व्यक्ति फरार रहेको प्रहरीले जनाएको छ । प्रहरीले भनेको छ, ‘पीडित महिलालाई हामीले जाँचका लागि बालेश्वर पठाएका छौँ र फरार दुवै आरोपीलाई पक्राउ गर्ने प्रयास गरिरहेका छौं ।’ आरोपीहरूविरूद्ध बलात्कारसहित अन्य अभियोग पनि दायर गरिएको प्रहरीले जनाएको छ ।

पीडित महिलाले भनिन, ‘गत महिनाको २३ तारिख मेरा श्रीमान् राति ११ बजे घर आए र मलाई बाहिर जाऊँ भने, मैले कहाँ जाने हो ठाउँ बताउन भन्दा उनले केही भनेन्, ।’ े

उनले भनिन, ‘मलाई जबरजस्ती गाउँ बाहिर लिएर गए, जहाँ उनका साथी पहिल्यैदेखि थिए । म उनीहरुलाई दाइ भनेर बोलाउने गर्थेँ । उनले मेरो हात समाएर आफूतिर तान्न थाले । मैले विरोध जनाए पनि मेरै श्रीमानले मलाई उनको जिम्मा लगाइदिए ।’
घटनाको भोलिपल्ट पीडित महिलाकी छोरीले आफ्ना हजुरबुवा (आमापट्टिको) लाई फोन गरेर घटनाबारे जानकारी गराइन् । त्यसपछि पीडित महिलाका बुवा र भाइ घर पुगे ।

पीडित महिलाका बुवाले भने, ‘हामीले सम्धिज्यू र ज्वाइँ साहेबलाई घटनाबारे सोध्दा आफूहरूलाई केही थाहा नभएको भने त्यसपछि मैले गाउँका मुखियासँग कुरा गरेँ ।’ उनले अगाडि थपे, ‘मुखियाले गाउँका अरू भद्रभलादमीसँग कुरा गरे र हामीसँग दुई दिनको समय मागे । हामी छोरी र उसका दुई सन्तानलाई लिएर फर्कियौं ।’

‘मे २७ मा हामीले स्थानीय प्रहरी चौकीमा उजुरी गर्न खोज्दा प्रहरीले मेलमिलाप गर्न सुझाव दिए । बुधवार हामीले प्रहरी उपरीक्षक साहेबलाई भेटेपछि बल्ल उजुरी दर्ता भयो ।’ चौकीका इञ्चार्जले भने उजुरी लिन नमानेको भन्ने पीडित महिलाका बुवाको आरोपको खण्डन गरे ।

उनले भने, ‘म आफैँ बिदामा थिएँ । बिदाबाट फर्केपछि दुई परिवारले मेलमिलापका लागि निवेदन दिएको बुझियो । तर, प्रहरी उपरीक्षक सरले आदेश दिएपछि हामीले उजुरी लियौँ र अनुसन्धान थालिसकेका छौं ।

पीडित महिलाका बुवाले चाहिँ उजुरीपछि आफूहरूलाई प्रहरीले तनाव दिइरहेको आरोप लगाएका छन् । उनले भने, ‘प्रहरीले हाम्री छोरीसँग उटपटाङ प्रश्न सोध्ने गरेका छन् । मानौँ ज्वाइँ नभइ हाम्री छोरी नै दोषी भए जस्तो ।’ 
-बीबीसी

प्रतिक्रिया दिनुहोस्