क्यानडाद्वारा अमेरिकी सामानमाथि १३ अर्ब डलर भन्सार शुल्क



टोरोन्टो, (एजेन्सी)
क्यानडाली प्रधानमन्त्री जस्टिन ट्रडोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धातुमाथि लगाइएको भन्सार शुल्क लगाउने घोषणा विरुद्ध अमेरिकाबाट आयात हुने बस्तुहरूमाथि १२ अर्ब ८० करोड शुल्क लगाउने जनाएका छन्।

दोस्रो विश्वयुद्धपछि क्यानडाले अमेरिकामाथि लगाएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो व्यापारिक कारबाही हो। ट्रडोले राष्ट्रिय सुरक्षा जाँचका आधारमा अमेरिकाको भन्सार शुल्क ‘अस्वीकार्य’ तथा ‘दण्डनीय’ भएको बताए। उनले अमेरिकासँग दशकौं लामो संघर्ष र उत्तर अमेरिकी हवाइक्षेत्रको प्रतिरक्षा गरेको प्रमाणका रूपमा उक्त नीति अगाडि आएको बताए। क्यानडाले स्टिलमा २५ प्रतिशत र आल्मुनियममा १० प्रतिशत भन्सार शुल्क लगाउने जनाएको छ। यो दर अमेरिकाले डलरका लागि डलरका आधारमा लगाएको शुल्कसँग समायोजन गर्न निर्यात मूल्य निर्धारण गरिएको विदेश मामिला मन्त्री क्रिस्टिया फ्रिल्यान्डले जनाएका छन्।

‘हामीले कुनै विन्दुमा तिनीहरूको सामान्य बुझाइ प्रबल हुन सक्छ भन्ने विश्वास गर्नुपर्छ’, ट्रडोले ओट्टावामा पत्रकारहरूलाई बताए– ‘तर अमेरिकी प्रशासनले आज गरेको यो कार्यमा हामीले त्यस्तो केही देखेका छैनौं।’ यो भन्सार शुल्क जुलाइ १ देखि नै लागू हुने र अमेरिकाले उसको कदम नरोकेसम्म जारी रहने बताइएको छ। क्यानडाले अमेरिकी भन्सार शुल्कलाई लिएर विश्व व्यापार संगठनमा पनि चुनौती दिनेछ। यो युद्धपछिको कालखण्डमा क्यानडाले चालेको अहिलेसम्मकै कडा व्यापारिक कदम हो– फ्रिल्यान्डले जनाएको छ। ट्रम्पको कदमले अमेरिकी हितलाई चोट पुर्याउने ट्रडोले बताए।

वासिङटन जान अस्वीकार
क्यानडाली प्रधानमन्त्री ट्रडोले उत्तर अमेरिकी खुला व्यापार सहमतिलाई लिएर भइरहेको वार्ता टुंगोमा पुर्याउन यसै हप्ता वासिङटन भ्रमणका लागि प्रस्ताव आएको बताए। तर उपराष्ट्रपति माइक पेन्सले पाँच वर्षका लागि ल्याइएको सर्तहरूमा सहमत हुने हो भने मात्र अमेरिकी राष्ट्रपतिसँग उनको बैठक हुन सक्ने ट्रडोलाई बताएका थिए। ट्रडोले पूर्वसर्त ‘पूर्ण अस्वीकार्य’ भएकाले वासिङटन जाने गरेको बताए।

उनले स्टिल र आल्मुनियम निर्यातमा अमेरकी भन्सार शुल्कलाई लिएर क्यानडाको प्रतिक्रियालाई लिएर टिप्पणी गर्ने क्रममा उक्त कुरा बताएका हुन्। बिहीबार राति ≈वाइट हाउसले जारी गरेको एक विज्ञप्तीमा अमेरिकी राष्ट्रपति ट्रम्पले टिप्पणीमा भनेको थिए– ‘आज सबैभन्दा पहिला क्याडनाका प्रधानमन्त्री जस्टिन ट्रडोलाई यो सन्देश दिएको छु, अमेरिकाले निष्पक्ष सम्झौतामा सहमति गर्नेछ वा कुनै सम्झौता नै गर्नेछैन।’

गत शुक्रबार ट्रम्पसँगको टेलिफोन वार्तामा ट्रडोलाई ट्रम्पसँग भेट्न आग्रह गरिएको थियो। त्यतिबेला ट्रम्पले सहमतिको नजिक पुगेको र अन्तिम सम्झौता मात्र बाँकी रहेको महशुस गरेका थिए।

ईयू, क्यानडा र मेक्सिकोमाथि भन्सार शुल्क

वासिङटन, (एजेन्सी)
अमेरिकाले युरोपेली युनियन (ईयू), क्यानडा र मेक्सिकोबाट आयात हुने स्टिल र आल्मुनियममा भन्सार शुल्कमा पाइरहेको छुट अन्त्य गरेको छ। अमेरिकी अर्थ मन्त्री विलबर रोसको घोषणाअनुसार उक्त सुविधा जुनबाट समाप्त भएको छ। अमेरिकाको उक्त कदमपछि ईयू, क्यानडा र मेक्सिकोले जवाफी कारबाही गर्ने धम्की दिएको हो।

अमेरिकी राष्ट्रपति ट्रम्पले गत मार्चमा स्टिलमा २५ प्रतिशत र आल्मुनियममाथि १५ प्रतिशत आयात शुल्क लगाउने घोषणा गरेका थिए। गत अप्रिल ३० मा उनले ती देशका लागि अस्थायी सहुलियत स्वरूप ३० दिनका लागि सुविधा बढाइदिएको थियो। यसबाट दुई पक्षबीच वार्ताबाट कुनै निष्कर्षमा पुग्ने अपेक्षा गरिएको थियो। रसले अमेरिकासँग वार्तामा कुनै प्रगति नभएको बताए।
क्यानाडा र मेक्सिकोसँग नाफ्टा वार्तामा अपेक्षाभन्दा धेरै समय लागेको छ। अमेरिकाले स्टिलमा २५ प्रतिशत र आल्मुनियममा १५ प्रतिशत आयात शुल्क चीनको उद्योगलाई रोक्नका लागि लगाएको थियो। अमेरिकाको यो नीतिले उसको घनिष्ठ मित्र तथा सहयोगी देशहरूमाथि पनि असर पारेको छ।

अमेरिकाले कसैलाई निसाना बनाएको भन्नु गलत हुने रासले बताए। चीनबाट अहिले पनि स्टिल र आल्मुनियम आयात भइरहेको उनले बताए। अमेरिकाको घोषणापछि ईयूले व्यापारका लागि सबैभन्दा खराब दिन भएको बताए। ईयूका प्रमुख जिन क्लाड जन्करले ब्रसेल्समा ईयूले चाँडै कडा अमेरिकी शुल्क विरुद्ध जवाफी घोषणा गर्ने बताएका छन्। मेक्सिकोले पनि जवाफी कारबाही गर्ने धम्की दिएको छ।

अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर अमेरिका मुक्त व्यापार सम्झौता (नाफ्टा)मा सन्तुलित सम्झौताबाहेक कुनै अर्को विकल्प नभएको बताएका थिए। मेक्सिको र क्यानाडासँग नाफ्टा सम्झौतामा वार्ता जारी छ।

प्रतिक्रिया दिनुहोस्