प्रधानमन्त्री ओलीको सबै सम्पत्ति श्रीमतीको नाममा



नेपाल समाचारपत्र, काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओली लगायत अन्य मन्त्रीहरुको सम्पती विवरण सार्वजनिक भएको छ । मन्त्रिपरिषद गठन भएको तीन महिनापछि प्रधानमन्त्री ओलीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको हो।

प्रधानमन्त्री ओलीको सार्वजनिक सम्पत्ति विवरणमा २ वटा घर, १८ तोला सुन र बैंकमा ४२ लाख लगायत देखिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको सम्पती विवरणमा ओलीको अचल सम्पती श्रीमती राधिका शाक्यको नाममा छ। जसमा २ वटा घर छन्। २ कित्ता जग्गा, एउटा १ रोपनी र अर्को डेढ रोपनी छ। ओलीको झापाको पृथ्वीनगरमा १० कठ्ठा जग्गा छ। ओलीसँग करिब १८ तोला सुन पनि रहेको पनि सम्पत्ति विवरणमा उल्लेख गरिएको छ ।

त्यस्तै ओलीकी श्रीमती राधिकाको नाममा ३ वटा बैंकमा खाता छन्। माछापुच्छे बैकमा ४ लाख, प्रभ बैंकमा ६ लाख, राष्ट्रिय वचतपत्रमा २५ लाख रुपैयाँ लगानी रहेको पनि सार्वजनिक सम्पती विवरणमा देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्