पाँच नम्बर प्रदेश योजना आयोगका उपाध्यक्ष डा.गौतमद्धारा पद बहाली



यमलाल भुसाल, बुटवल ।
प्रदेश पाँचको योजना आयोगका नवनियुक्त उपाध्यक्ष प्राध्यापक डा. ईश्वर गौतमले बुधवार पद तथा गोपनियताको सपथ लिनु भएको छ ।

डा. गौतमलाई प्रदेश सरकारको यही असार ९ गतेको मन्त्री परिषदको बैठकको निर्णयवाट योजना आयोगको उपाध्यक्षमा नियुक्ति गरिएको हो ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा आयोजित कार्यक्रममा प्रदेशका मुख्यमन्त्री तथा आयोगका अध्यक्ष शंकर पोखरेलले डां गौतमलाई एक विशेष कार्यक्रमका साथ सपथ गराउनु भएको हो ।

सपथ ग्रहण पश्चात उपाध्यक्ष डा. गौतमले आफनो क्षमता योग्यताले भ्याएसम्म इमान्दारीतापूर्वक कर्तव्यनिष्ट भै प्रदेशका जनतालाई प्रत्याभूती हुने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । उहाँले उपाध्यक्ष एक्लै सबै काम गर्ने नभई आयोगका सदस्य र मन्त्रालयका सचिव तथा पदाधिकारीहरुको सहयोगमा समन्वयकारी भूमिका निर्वाह गर्ने समेत बताउनु भयो ।

त्यस अवसरमा उपाध्यक्ष गौतमलाई शुभकामना दिदै मुख्यमन्त्री पोखरेलले वौद्धिक क्षेत्र बिशेष गरी व्यवस्थापन क्षेत्रको अनुभवलाई प्रदेशमा थप परिणाम देखिने गरी काम गर्ने बिश्वास र आशा आफुले लिएको बताउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस्