अमेरिका र स्विडेन अन्तिम आठमा



पेरिस, (एजेन्सी)

साविक विजेता अमेरिका र स्विडेन महिला विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। फ्रान्समा जारी फिफा महिला विश्वकप फुटबलको प्रि–क्वार्टरफाइनलमा स्पेनलाई २–१ गोल अन्तरले पराजित गर्दै अमेरिका क्वार्टरफाइनलमा पुगेको हो। अमेरिकालाई जित दिलाउन मेगान रापिनोएले पेनाल्टीमार्फत् दुई गोल गरिन्। स्पेनका लागि जेनिफर हेर्मोसोले एक गोल फर्काइन्। अब क्वार्टरफाइनलमा अमेरिकाले आयोजक फ्रान्ससँग खेल्नेछ।

त्यस्तै क्यानडालाई १–० ले हराउँदै स्विडेन पनि प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। स्विडेनले अब सेमिफाइनल प्रवेशका लागि अर्को युरोपियन प्रतिद्वन्द्वी जर्मनीसँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्