इरानले नाकाबन्दी अवज्ञा गर्ने: रुहानी



तेहरान, (एजेन्सी)
इरानका राष्ट्रपति हस्सन रुहानीले मंगलबार अमेरिकाले पछिल्लो समयमा लगाएको आर्थिक नाकाबन्दीलाई इरानले अवज्ञा गर्ने बताएका छन्। उनले अमेरिकाको यस कदमले तिनीहरुले आणविक समस्या समाधानार्थ वार्ताका लागि तयार रहेको भन्दै झुट बोलिरहेको पनि बताएका छन्।

रुहानीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीति चिन्ताजनक रहेको भन्दै अमेरिकी राष्ट्रपति भवन व्हाइट हाउसलाई ‘मानसिक रूपमा सुस्त’ को संज्ञा दिएका छन्।रुहानीले भनेका छन्– ‘इरानको विदेशमन्त्री ताक्नेहरसंग कूटनीतिक सम्बन्ध नै बन्द भएको अवस्थामा इरानको सर्वोच्च नेताविरुद्धको नाकाबन्दी काम नलाग्ने प्रतिक्रिया दिएका छन्। ट्रम्पले भने इरानको पछिल्लो आक्रामक नीतिको राम्ररी जवाफ दिइने बताएका छन्। गत साता इरानले अमेरिकी सर्भेलियन्स ड्रोन विमान खसालेको थियो। इरानले सो ड्रोनले होर्मुज जल डमरुको आफ्नो हवाई क्षेत्रको नियम उल्लंंघन गरेको जनाएको थियो। अमेरिकाले इरानलाई गल्फ अफ ओमानमा तेल बोक्ने दुईवटा जहाजमाथि आक्रमण गरेको पनि आरोप लगाएको थियो।

तर इरानले सो आरोप सिधै अस्वीकार गरेको थियो। सन् २०१८ को मे महिनामा ट्रम्पले अमेरिका सन् २०१५ को इरानसंग भएको आणविक सम्झौताबाट अलग्गिएको घोषणा गरे यता यी दुई मुलुकबीचको सम्बन्ध नराम्ररी चिसिन थालेको हो।

प्रतिक्रिया दिनुहोस्