कृतिका मिस टिन एसईई



एसईइ दिएर बसेका किशोरीबीच स्टार वन इन्टरटेन्मेन्ट प्रालिद्वारा राजधानीमा आयोजित सौन्दर्य प्रतियोगितामा काठमाडौं पेप्सिकोलाकी कृतिका केसीले मिस टिन एसईई २०१९ को उपाधि चुमेकी छिन्। राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा उनले मुख्य उपाधिका साथमा बेस्ट ¥याम्प वाकको उपउपाधिलाई पनि आप्mनो बनाएकी छिन्।

पाँचौं संस्करणको प्रतियोगितामा सेलिना जोशी फस्ट रनर्सअपका साथमा मस्ट फोटोजेनिक, सरिता रुवाली सेकेन्ड रनर्सअपका साथमा फेसबुक च्वाइस र मिस ट्यालेन्ट, लीना तामाङ थर्ड रनर्सअपका साथमा मस्ट पपुलर तथा अविना केसी फोर्थ रनर्सअपका साथमा ब्युटी विथ पर्पसको विजेता भए भने अस्मिता श्रेष्ठ पब्लिक च्वाइसका साथमा भ्युवर्स च्वाइस र बेस्ट सिंगर चुनिएका छन्। प्रतियोगितामा युनिका बस्नेत मिस कन्जिनियालिटी, जस्मिन सुनार मस्ट फ्रेन्डली, कृस्टिलिना स्थापित फेसन आइकन, संयुक्ता रिजाल सोसल वेलफेयर एम्बेस्डर, लीना तामाङ बेस्ट डान्सर, कृतिका श्रेष्ठ मस्ट क्रियटिभ, समिका काप्mले मस्ट ब्युटिफुल, बबिना खड्का मस्ट आइकनिक आइज, कृपा गुरुङ युट्युब बेस्ट भ्युज, युनिशा पुन बेस्ट हेयर, सोफिया प्रसाईं बेस्ट स्किन, अनुष्का घिमिरे मस्ट एक्टिभ, स्वीकृति पराजुली युथ विथ रेस्पोन्सिबिलिटी, कृति सिम्खडा बेस्ट स्पिच, कृपा गुरुङ बेस्ट पर्सनालिटी, सिमरन शाही ठकुरी बेस्ट फिजिक, प्रियंका खड्का बेस्ट फिटनेस, अञ्जु श्रेष्ठ मेनेजमेन्ट च्वाइस, सुविधा अधिकारी मस्ट गर्जियस र प्रीति गिरी मस्ट डिसिप्लिन भए।

पूर्व प्रधानसेनापति रुकमांगत कटुवालको प्रमुख आतिथ्यता तथा अश्विनीकान्त झाको कार्यक्रम सञ्चालन र कोरियोग्राफीमा सम्पन्न प्रतियोगितामा डा। आभाष लाभ, डा। अनिल मिश्रा, प्रा। सुदन डोटेल, अभिनेता आयुष रिजाल, मिसेस एसिया प्यासिफिक इन्टरनेसनल तथा मिसेस नेपाल इन्टरनेसनल चन्दा थापा गिरी र मिसेस नेपाल ग्ल्याम एलिजा महर्जन निर्णायक रहेका थिए।

प्रतिक्रिया दिनुहोस्