काठमाडौं महानगरपालिका बजेट: १५ अर्ब ५० करोड, चोकचोकमा ‘मेयर उज्यालो’ कार्यक्रम



नेपाल समाचारपत्र, काठमाडौं
काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ का लागि महानगरले १५ अर्ब ५० करोड ७० रूपियाँको आयव्यय प्रस्ताव गरेको छ।
मंगलबार आयोजना गरिएको ५औं सभाको दोस्रो बैठकमा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले आर्थिक बिधेयक र उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गीले विनियोजन बिधेयक प्रस्तुत गर्दै आयव्यय प्रस्ताव गर्नुभएको हो।

यो खर्च अनुमान चालु आर्थिक वर्षको विनियोजित १३ अर्ब २ करोड १२ लाख रुपियाँको तुलनामा १९ प्रतिशतले धेरै हो। सभामा उपप्रमुख श्रेष्ठ खड्गीले बजेट मन्तव्य राख्नुभएको थियो। प्रस्तावित विनियोजन बिधेयकमा सबैभन्दा बढी पूर्वाधार विकासका लागि रकम छुट््याइएको छ। कुल बजेटको ३९ प्रतिशत अर्थात् ५ अर्ब ९८ करोड ३० लाख विनियोजित भएको छ। यसमा उर्जा, भवन तथा सहरी विकास, वैकल्पिक उर्जा र सञ्चार, सडक तथा अन्य पूर्वाधारका क्षेत्रहरु समेटिएका छन्।
कामपाले खानेपानी तथा सरसफाइ, लंैगिक समानता तथा सामाजिक समावेशीकरण, शिक्षा, स्वास्थ्य र संस्कृति प्रवद्र्धनका कार्यक्रमहरु समेटिएको यस क्षेत्रका लागि ३ अर्ब ७२ करोड १५ लाख ४९ हजार बजेट विनियोजन गरेको  छ। यो रकम कुल बजेटको २४ प्रतिशत हो। संस्थागत विकास तेस्रो ठूलो बजेट विनियोजन भएको क्षेत्र हो। यस क्षेत्रका लागि ३ अर्ब ५९ करोड १८ लाख ५० हजार रूपियाँ अर्थात् कुल बजेटको २३ प्रतिशत बजेट राखिएको छ।
सेवा प्रवाह तथा सुशासनजस्ता पक्षसहित यस क्षेत्रमा अभिलेख व्यवस्थापन, नागरिक वडापत्र, मानव संसाधन विकास, सूचना प्रविधि, सुरक्षा व्यवस्थापन, सेवा प्रवाह, आन्तरिक तथा अन्तिम लेखा परीक्षण, राजस्व परिचालन, संस्थागत क्षमता विकास, पूँजीगत सम्पत्तिको सञ्चालन र सम्भार खर्च, कार्यालय सामान तथा सेवाहरु, सेवा तथा परामर्श खर्च, कार्यक्रमसम्बन्धी खर्चहरु, अनुगमन र मूल्यांकन, भ्रमणअन्तर्गत हुने खर्चहरु, स्थिर सम्पत्तिको उपभोग खर्च, आन्तरिक ऋणको व्याज, सेवा शुल्क रहेका छन्।
जग्गा विकासका लागि १ अर्ब १२ करोड ८२ लाख छुट््याइएको छ। त्यस्तै उद्योग तथा वाणिज्य, कृषि, पर्यटन, वित्तिय र सहकारी क्षेत्र रहेको आर्थिक विकासका लागि ६९ करोड ७ लाख र वातावरण तथा विपद् व्यवस्थापनतर्फ वातावरण संरक्षण, जलवायु परिवर्तन, फोहोरमैला व्यवस्थापन, ल्यान्डफिल्ड साइटको व्यवस्थापन, वन तथा भू–संरक्षण, बारुणयन्त्र सञ्चालन र विपद् व्यवस्थापनका लागि ३९ करोड १५ लाख रुपियाँ प्रस्ताव गरिएको छ।
आन्तरिक श्रोतबाट ७ अर्ब ५६ करोड ६ लाख अर्थात् अनुमानित आम्दानीको ५२ दशमलब ५८ प्रतिशत रूपियाँ अनुमान गरिएको छ। यस्तै बा≈य श्रोतबाट ४ अर्ब १८ करोड ९० लाख ८ हजार रूपियाँ, महानगरपालिकाको नाममा बैंकमा रहेको मौज्दातबाट २ अर्ब ६२ करोड ९० लाख ९७ हजार रूपियाँ र आफू मातहतका आयोजनाहरुबाट १ अर्ब १२ करोड ८२ लाख ७० हजार रूपियाँ गरी १५ अर्ब ५० करोड ७० लाख १२ हजार आय हुने अनुमान गरिएको छ।
चालु आर्थिक वर्ष २०७५÷०७६ मा कुल राजस्व असुलीको अनुमान १३ अर्ब २ करोड १२ लाख राखिएको थिया। यसमध्ये आन्तरिक स्रोतबाट ४ अर्ब ९० करोड २१ लाख नगद मौज्दातबाट १ अर्ब ४८ करोड ३८ लाख र बा≈य स्रोतबाट ५ अर्ब ६५ करोड ५२ लाख असुली गर्ने अनुमान गरिएको थियो।
यसैगरी कामपाअन्तर्गत सञ्चालनमा रहेका विभिन्न आयोजनाहरुबाट ९८ करोड ८० हजार आम्दानी हुने आसा गरिएको थियो। यसमध्ये चालु आर्थिक वर्षको वैशाख मसान्तसम्मको अवधिमा आन्तरिक आयतर्फ ३ अर्ब ३९ करोड २ लाख र अन्य स्रोतबाट २ अर्ब ८४ करोड ५५ लाख करिब ६ अर्ब २३ करोड ५७ कुल राजस्व प्राप्त भएको छ। यो संख्या अनुमानित आम्दानीको ५१ दशमलब ५ प्रतिशत हो। यसमा काठमाडौं महानगरपालिकाअन्तर्गत सञ्चालनमा रहेका आयोजनाहरुको आम्दानी समावेश गरिएको छैन।
नगरसभा सञ्चालन गर्दै सभाका अध्यक्ष एवं महानगरका प्रमुख शाक्यले आउँदो आर्थिक वर्षमा राजस्वको दर नभई दायरा बढाउने नीति रहेको उल्लेख गर्नुभयो।
यस्तै सभाका उपाध्यक्ष एवं महानगरकी उपप्रमुख श्रेष्ठ खड्गीले, विकासका आयामलाई सन्तुलित बनाउने प्रयास भएको बताउनुभयो।
नगरसभा हुनुअघि बसेको कार्यपालिकाको ३६औं बैठकले आर्थिक तथा विनियोजन बिधेयक स्वीकृत गरेको थियो। यसरी कार्यपालिकाको बैठकबाट स्वीकृत बिधेयक नगरसभामा प्रस्तुत भएका हुन्।

प्रतिक्रिया दिनुहोस्