अर्जेन्टिना क्वार्टरफाइनलमा



साओपाउलो, (एजेन्सी)
ब्राजिलको पोर्टो एलेग्रेमा कतारलाई हराउँदै अर्जेन्टिना कोपा अमेरिका फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
सोमबार बिहान भएको खेलमा अर्जेन्टिनाले कतारलाई २–० गोलअन्तरले पराजित गरेको हो। शुरुआती दुई खेलमा जित हात पार्न नसेपछि आलोचित अर्जेन्टिनालाई निर्णायक खेलमा विजयी गराउन सर्जियो अग्युरो र लौटारो मार्टिनेजले १–१ गोल गरेका थिए। अर्जेन्टिनाले अब अर्को चरणमा भेनेजुएलासँग प्रतिस्पर्धा गर्नेछ।

अर्को खेलमा पाराग्वे पराजित भएसँगै अर्जेन्टिना ४ अंकसहित समूह उपविजेताका रूपमा अन्तिम ८ मा प्रवेश गरेको हो। कोलम्बिया भने तीनै खेल जितेर ९ अंक बनाउँदै समूह विजेता बनेको हो। टोलीले अन्तिम खेलमा पाराग्वेलाई १–० ले हराएको थियो।
यसअघि कोलम्बियाले अर्जेन्टिनालाई २–० ले र कतारलाई १–० ले हराएको थियो। अर्जेन्टिना भने पाराग्वेसँग १–१ बराबरी खेलेसँगै अन्तिम खेलमा कतारलाई हराउनै पर्ने दबाब बढेको थियो। यो समूहमा पाराग्वे तेस्रो र कतार चौथो भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्