प्रियंका अब मूर्तिमा



लन्डनमा रहेको म्याडम तुसाद यस्तो संग्रहालय हो, जहाँ बलिउड तथा हलिउड फिल्म जगत्का चर्चित कलाकारको मैनमूर्ति प्रदर्शनमा राखिन्छ।

पर्यटकीय हिसाबले महŒवपूर्ण र आकर्षक मानिने यस म्युजियममा मानिसहरू आफ्ना मन पर्ने कलाकारलाई छानीछानी फोटो खिच्न पाउँछन्। यसैबीच हालै बलिउड तथा हलिउडमा ख्याति कमाएकी नायिका प्रियंका चोपडाको पनि मैनमूर्ति यस संग्रहालयमा राखिएको छ।
एजेन्सीका अनुसार सुनौलो रङको गाउनमा प्रियंकाको मूर्ति हेर्दा हुबहु प्रियंका जस्तै लाग्छ। राल्फ लौरेनले सन् २०१७ को गोल्डन ग्लोब अवार्डमा प्रियंकाको लुक्सदेखि प्रभावित हुँदै बनाएको उक्त मैनमूर्ति संग्रहालयमा राखिएपछि उनीसँग फोटो खिच्ने उनका फ्यानहरूको रहर केही हदसम्म पूरा हुने भएको छ।

प्रतिक्रिया दिनुहोस्