टाटा टियागो एक्सजेड प्लस बजारमा



टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी टेडिङ प्रालिले टाटा टियागो एक्सजेड प्लस नेपाली बजारमा ल्याएको छ। रेभोट्रोन १ दशमलव २ लिटर पेट्रोल सिलिन्डर इन्जिन जडित टाटा टियागोको भेरियन्टहरू एकदमै आकर्षक, झन्झटरहित र डिजाइनका हिसाबले परिवर्तनकारी रहेको कम्पनीको भनाइ छ। कम्पनीका अनुसार टाटा टियागो गाडीको भित्रको भाग वा इन्टेरियरमा स्पेसको एकदमै बुद्धिमानीपूर्वक प्रयोग गरिएको छ जसमा एन्ड्रोइड अटो र नेभिगेसनसहितको हर्मनको आकर्षक ७ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम जडान गरिएको छ। बाहिरी भागमा भएको १८० एमएम ग्राउन्ड क्लियरेन्सले अप्ठेरो बाटोमा पनि सहज यात्राको अनुभव गराउँछ।
नयाँ स्पोर्टी १५ इन्च डुअल टोन एलोय पांग्राहरूले गाडीको आकर्षण बढाएको छ। साथै इलेक्ट्रिकोल्ली एडजस्ट गर्न र फोल्ड गर्न मिल्ने ओआरभीएम, प्रोजेक्टर हेडल्याम्प, फ्रन्ट ग्रिलमा क्रोम्ड स्ट्रिप भएको, रियर हाई माउन्ट स्टप ल्याम्प र स्ट्म्याम्पसहित इन्टिग्रेटेड स्पोइलरले बजारमा यसलाई बिल्कुलै भिन्न बनाएका कम्पनीले जनाएको छ। टाटा टियागो एक्सजेड प्लसमा इमोबीलाइजर, डुअल फ्रन्ट एअर ब्यागहरू, अधिकतम यात्रु सुरक्षाका लागि इबीडीसहितको एबीएस जस्ता उच्चतम् प्राविधिक विशेषता रहेका छन्। त्यसैगरी मल्टीड्राइभ मोड, इलेक्ट्रिक पावर स्टेरिङ तथा एकीकृत रियर नेक रेस्ट जस्ता विशेषताहरू रहेका छन्।

टाटा मोटर्सका प्यासेन्जर भेइकल्स, इन्टरनेसनल बिजनेसका प्रमुख सुजन रोय भन्नुहुन्छ–‘इम्प्याक्ट डिजाइनअन्तर्गत सार्वजनिक गरिएको हाम्रो पहिलो उत्पादन टियागो सन् २०१६ मा सार्वजनिक भएदेखि नै आकर्षक, नवीन र विशेषताले भरिपूर्ण कारका रूपमा अग्रस्थानमा छ। उच्च कार्यक्षमता, उच्च प्राविधिक विशेषता र अग्रणी ड्राइभिङ डायनामिक्सका कारण टियागो एक्सई, एक्सएम तथा एक्सजेड प्लसले अहिलेको समयका ग्राहकको बदलिँदो चाहना र आकंक्षालाई सम्बोधन गर्दछ।’ सिप्रदी टेडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ भन्नुहुन्छ–‘नयाँ टाटा टियागो एक्सजेड प्लस बजारमा सार्वजनिक गरिएसँगै हामी हाम्रा ग्राहकलाई विभिन्न उत्कृष्ट विकल्प प्रदान गर्न पाएकोमा एकदमै खुशी छौं। यो नयाँ उत्पादनसँगै नेपाली बजारमा हामी हाम्रो उपस्थिति बलियो बनाउनतर्फ केन्द्रित छौं।’

प्रतिक्रिया दिनुहोस्