द भ्वाइस अफ नेपालमा सय बढी चयन



द भ्वाइस अफ नेपालको डिजिटल अडिसनमा सहभागी २३ हजारमध्येबाट ब्लाइन्ड अडिसनका लागि सय जनाभन्दा धेरै छानिएको हिमालय टेलिभिजनले जानकारी गराएको छ।

राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएअनुसार छानिएका प्रतिनिधिले अब ब्लाइन्ड अडिसनमा आफ्नो प्रस्तुति दिनेछन्। उनीहरूमध्येबाट उत्कृष्ट प्रतिभालाई कोचहरूले अर्को चरणका लागि छनोट गर्नेछन्। द भ्वाइस अफ नेपाल सिजन– टूमा दीप श्रेष्ठ, प्रमोद खरेल, राजु लामा र आस्था राउत कोच रहेका छन्। नेपाली संगीत क्षेत्रमा नयाँ प्रतिभा भित्राउन कोचको भूमिका महवपूर्ण हुने कार्यक्रम निर्देशक लक्ष्मण पौडेलले जानकारी बताए। साउनको पहिलो हप्ता प्रसारणामा आउने द भ्वाइस अफ नेपाल सिजन टूमा सहकार्य गर्न लागेका ब्रान्डलाई स्वागत गर्दै हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलले सहकार्य सबैका लागि फलदायी हुने विश्वास व्यक्त गरे।

सन् २०१० मा द भ्वाइस अफ हल्यान्डका नाममा शुरू भएको गायन प्रतिभा खोज्ने रियालिटी शो द भ्वाइसको नेपाली संस्करण द भ्वाइस अफ नेपाल हो। द भ्वाइस हाल विश्वका १ सय ९१ देशमा फ्रेन्चाइज शोका रूपमा चलिरहेको छ। गत वर्ष सम्पन्न पहिलो सिजनको द भ्वाइस अफ नेपालमा सीडी विजय अधिकारी विजयी भएका थिए।

प्रतिक्रिया दिनुहोस्