शोधनान्तर घाटा करिब ४० अर्बले बढ्यो



नेपाल समाचारपत्र, काठमाडौं
चालू आर्थिक वर्षकोे १० महिनाको अवधिमा मुलुकको चालू खाता एवम् शोधनान्तर स्थिति कमजोर देखिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार चालू खाता घाटा र शोधनान्तर स्थिति अघिल्ला आर्थिक वर्षको तुलनामा बढ्दै गएको देखिएको हो।

अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा चालू खाता घाटा करिब ३० अर्ब रुपिया“ले र शोधनान्तर घाटा करिब ४० अर्ब रुपिया“ले बढेको छ।
चालू आर्थिक वर्षको १० महिना अवधि अर्थात वैशाख मसान्तसम्ममा चालू खाता घाटा बढेर २ खर्ब २१ अर्ब ४० करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १ खर्ब ९२ अर्ब ५ करोड रुपिया“ रहेको थियो।

अमेरिकी डलरमा अघिल्लो वर्षको १० महिनामा १ अर्ब ८६ करोड रुपिया“ रहेको चालू खाता घाटा समीक्षा अवधिमा १ अर्ब ९५ करोड रुपिया“ पुगेको छ।
१० महिना अवधिमा शोधनान्तर स्थिति ६८ अर्ब २० रुपिया“ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १८ अर्ब ९३ करोड रुपिया“ले घाटामा रहेको थियो। अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको १० महिनामा १८ करोड ४८ लाख रुपिया“ले घाटामा रहेकोमा समीक्षा अवधिमा ६० करोड २ लाख रुपिया“ले घाटामा रहेको छ।

समीक्षा अवधिमा पु“जीगत ट्रान्सफर १३ अर्ब ४८ करोड रुपिया“ र प्रत्यक्ष वैदेशिक लगानी ९ अर्ब ४७ करोड रुपिया“ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पु“जीगत ट्रान्सफर १४ अर्ब १५ करोड रुपिया“ र प्रत्यक्ष वैदेशिक लगानी १५ अर्ब ५१ करोड रुपिया“ रहेको छ ।

विदेशी विनिमय सञ्चिति
कुल विदेशी विनिमय सञ्चिति २०७५ असार मसान्तमा ११ खर्ब २ अर्ब ५९ करोड रुपिया“ रहेकोमा वैशाख मसान्तमा १० खर्ब ६० अर्ब ७० करोड रुपिया“ रहेको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७५ असार मसान्तमा १० अर्ब ८ करोड रुपिया“ रहेकोमा २०७६ वैशाख मसान्तमा ९ अर्ब ४२ करोड रुपिया“ रहेको छ। कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७५ असार मसान्तमा ९ खर्ब ८९ अर्ब ४० करोड रुपियाँ थियो भने २०७६ वैशाख मसान्तमा ९ खर्ब १५ अर्ब ३९ करोड रुपिया“ रहेको छ ।

बैंक तथा वित्तीय संस्थाहरू (नेपाल राष्ट्र बैंकबाहेक) स“ग रहेको विदेशी विनिमय सञ्चिति २०७५ असार मसान्तमा १ खर्ब १३ अर्ब १९ करोड रुपिया“ रहेकोमा २०७६ वैशाख मसान्तमा १ खर्ब ४५ अर्ब ३१ करोड रुपिया“ देखिन्छ । २०७६ वैशाख मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३ दशलमव ६ प्रतिशत रहेको छ।

विप्रेषण आप्रवाह
समीक्षा अवधिमा विप्रेषण आप्रवाह १९ दशमलव ६ प्रतिशतले वृद्धि भई ७ खर्ब २५ अर्ब ३० करोड रुपिया“ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ९ दशमलव ३ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १० दशमलव ३ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर आय १९ दशमलव ४ प्रतिशतले वृद्धि भई ८ खर्ब २६ अर्ब २० करोड रुपिया“ पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय शून्य दशमलव १ प्रतिशतले घटेको थियो । अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ३८ दशमलव ६ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ६ प्रतिशतले घटेको थियो । पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या भने समीक्षा अवधिमा ५ दशमलव ८ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २ दशमलव २ प्रतिशतले घटेको थियो ।

प्रतिक्रिया दिनुहोस्