अब सरकारका विरुद्धमा जे पनि गर्न सक्छौंः राजपा



काठमाडौं, (नेस) ।
राष्ट्रिय जनता पार्टी नेपालका सांसद लक्ष्मणलाल कर्णले सरकारले आफूहरुको आवाज नसुने सरकारका विरुद्ध जे पनि गर्न चेतावनी दिनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसद कर्णले सरकारले आफूहरुको आवाज नसुनेकाले अब आफूहरु पनि कडा आन्दोलनमा जान वाध्य हुने बताउनुभयो ।
‘रोष्ट्रम घेर्न नसकेर हामी चुपचाप बसेका होइनौं तर सिस्टम नबिग्रियोस् भनेर धैर्य भएका हौं’ कर्णले भन्नुभयो ‘आवश्यक परे हामी रोष्ट्रम घेर्न पनि सक्छौं, सरकारलाई ख्याल होस् ।’ उहाँले सरकारको गतिविधिको आलोचना गर्नुभयो ।

कर्णले लोकसेवाको विज्ञापनको बारेमा पनि सरकारको ध्यानाकर्षण गराउनुभयो । जनताको हकहित विपरीत सरकारले ल्याएका विभिन्न विधेयक फिर्ता लिन पनि उहाँले सरकारलाई आग्रह गर्नुभयो ।

राजपाले सरकारले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न आनाकानी गरेकामा पनि आपत्ति जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्