हिजो बोल्न नपाएकामा देउवा संसदमै आक्रोशित



गंगा बराल, काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाले हिजो आफूले संसदमा बोल्न नपाएकोमा आक्रोश व्यक्त गर्नुभएको छ ।

आजको बैठक सुरु हुनेबित्तिकै सभामुख कृष्णबहादुर महराले देउवालाई समय दिनुभएको थियो । अन्तर्राष्ट्रिय अभ्यास अनुसार नै प्रमुख प्रतिपक्षी दलले बोल्न समय मागेपछि दिने प्रचलन भएको भन्दै उहाँले सभामुखको व्यवहारको पनि आलोचना गर्नुभयो ।

देउवाले आफू २०४८ सालदेखि निरन्तर सांसद भइरहेको र आफूलाई यससम्बन्धी सबै व्यवस्था थाहा भएको पनि बताउनुभयो । सुरुमै आक्रेशित भएर संसदमा उपस्थित हुनुभएका देउवाले आँपःले राखेका जिज्ञासाको प्रधानमन्त्रीले त्यसपछि जवाफ दिएको भए राम्रो हुने पनि बताउनुभयो ।

संसदमा को पहिले बोल्ने भन्ने विषयमा बिबाद हुँदा हिजो संसद बैठक स्थगित भएको थियो । देउवाले आफूले बोल्न पाउनुपर्छ भन्ने अडान राख्नुभएको थियो भने् प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री भएकाले आफुले नै पहिले बोल्ने अडान राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्