भक्ति गीतमा त्रिवेणी



राजधानीमा आयोजित एक समारोहबीच संगीतकार शालिकराम घिमिरेको एकल संगीत एवं गायक शशिविक्रम थापाको एकल स्वरमा दुई भजन एल्बम सार्वजनिक गरिएको छ।

सार्वजनिक एल्बमका भजनका बारेमा कलाकार एवं साहित्यकार रत्न बेहोसीले समीक्षा गरेका थिए भने गायक एवं संगीतकारले प्रत्यक्ष प्रस्तुति पनि दिएका थिए। त्रिवेणी नाम दिइएको भजन संग्रह भाग १ र भाग २ का केही भजनको म्युजिक भिडियो पनि कार्यक्रममा सार्वजनिक गरिएको थियो। एल्बममा जनार्दन न्यौपाने, शिवजीप्रसाद न्यौपाने, मनोहर गौतम, केशव पाठक, संगीतकार घिमिरे र गायक थापाको पनि शब्द रचना रहेको छ। साहित्यकार एवं गीतकार रत्नशमशेर थापाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्