अस्ताए शिक्षाका सारथी



सालिन स्वभावका पुर्व शिक्षा मन्त्री धनिराम (डिआर) पौडेलको निधनले शिक्षा क्षेत्रमा अपुरणिय क्षति पुगेको छ। लामो समय विद्यार्थी राजनिति चितवनबाट समानुपातिक सांसद हुदै बिसं २०७३ सालमा मन्त्री बन्नुभएका पौडेलको चितवनको माडी स्थित बघौडामा निधन भएको हो।

मर्निङ वाकमा रहेको बेला हृदयघात भएपछि अस्पताल लैजादा लैजादै बिहान पौने सात बजेतिर बाटौमै निधन भएको थियो। उहाकी श्रीमती र दुई छोरी छन्। २०३९ सालमा विद्यार्थी जीवनबाट राजनीतिमा प्रवेश गर्नुभएका पौडेल मन्त्री पद सम्हालेपछि चर्चा कमाउनुभएको थियो।

०३५ सालमा चितवन माडीमा बसाइँ सरे संगै कक्षा १० सम्मको पढाई माडी माध्यमिक विद्यालयमा भयो। टाँडीको शहीद स्मृती क्याम्पसबाट ब्यवस्थापनमा प्रविणता प्रमाणपत्र तह पुरा गरे पछि उहाले स्नातक तह पाटन क्याम्पसमा अध्ययन गर्नुभयो। शिक्षामन्त्री हुनु अघि तत्कालिन संसदको महिला, बालबालिका, जेष्ठ नागरिक र समाज कल्याण समितिको सदस्यका हैसियतमा समितिका बैठकमा पैडेलले प्रभावकारी भूमिका निर्वाह गर्नुभएको थियो ।

पछिल्लो समय शिक्षा, विज्ञानतथा प्रविधि मन्त्री पोखरेलले गठन गरेको उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगमा सदस्यका रूपमा काम गर्नुभएको थियो। उहाको निधनप्रति विभिन्न राजनितिक दलका प्रमुख लगायतले समवेदना प्रकट गरेका थिए। उहाको निधनप्रति साानजिक संजालमा समवेदना व्यक्त भएका थिए। हामीले उहासंग निकट अनि शिक्षा क्षेत्रका विभिन्न निकाय र संगठनका प्रमुख लगायत व्यक्तिहरूले समाजिक संजालमार्फत पोष्ट गरेका समवेदना।

गिरिराजमणी पोखरेल
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री

सहकर्मी अनि सहयोद्दा क.डि.आर.पौडेलको हृदयघात बाट निधन भएको खबरले स्तब्ध र मर्मा्हित बनाएको छ। पत्याउन गाह्रो खबरले दिएको पीडा शब्दमा अभिव्यक्त गर्न सकिरहेको छैन। सादा,सरल र सालिन ब्याक्तित्व , संगठनकर्ता, बैचारिक रूपमा दृढ, लेखकिय प्रतिभा भएको क.पौडेल,इमानदार अनि अन्तरमुखी स्वभावको हुनुहुन्थ्यो। हाल नेकपाको केन्द्रिय सदस्य पदमा रहनु भएको उहाँ कम्युनिस्ट आन्दोलनमा लामो समय देखि निरन्तर सकृय हुनुहुन्थ्यो। अनेरास्ववियु (क्रान्तिकारी)को केन्द्रीय संयोजक,अखिल नेपाल जनवादी युवा लिगको संस्थापक केन्द्रीय सदस्य र पछि सल्लाहकार ,एकीकृत नेकपा (माओवादी)को केन्द्रीय सदस्य ,पोलिट्व्युरो सदस्य हुँदै केन्द्रिय सचिवालय सदस्य हुनुभएको उहाँ जनएकता साप्ताहिकको कार्यकारी सम्पादक समेत रहनुभएको थियो।

तत्कालीन संविधानसभाको सदस्य र शिक्षा मन्त्री समेत हुनु भएको उहाँले उच्च स्तरिय शिक्षा आयोगको सदस्य भएर वर्तमान शिक्षा नीति बनाउन महत्त्वपूर्ण भुमिका निर्वाह गर्नुभएको थियो। मुलुकको शिक्षा क्षेत्रमा उहाँले दिनुभएको योगदान सदा स्मरणीय रहनेछ।पार्टी र मुलुकलाई उहाँको कमि सदैव महसुस हुनेछ। यस दुस्खद घडीमा उहाँको परिवारजन र पार्टीपंक्तिमा गहिरो समवेदना ब्यक्त गर्दछु। अलबिदा क.डि.आर.पौडेल।
उमेश श्रेष्ठ
सांसद नेपाली काग्रेस

पूर्व शिक्षामन्त्री धनिराम पौडेलको ह्दयघातका कारण निधन भएको खवरले स्तभ्ध भएको छु। पौडेलप्रति भावपूर्ण श्रद्धान्जली। दुखको यस घडिमा परिवारजनमा हार्दिक समवेदना।

श्याम श्रेष्ठ
सदस्य उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोग

अनेरास्ववियुका पूर्व अध्यक्ष, भूपू शिक्षा मंत्री तथा उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगका पूर्ब सदस्य धनीराम पौडेलको आज बिहान हृदयाघातबाट भएको असामयिक मृत्युमा परिवारजन ,आयोगका पूर्व सदस्यहरू, शिक्षा मन्त्रालय परिवार र सम्बन्धित पार्टीका मित्रजनहरूमा हार्दिक समवेदना !

इमान्दारी, त्याग र सरलताको जताततै खडेरी परेको अहिलेको समयमा उहाँको मृत्यु नेपाली समाजको लागि एउटा खट्किककदो नोक्सानी हो। उहाँ भूइँ तहबाट संघर्ष गर्दै , दुख गर्दै माथि उठेको थोरै मानिसमध्ये हुनुहुन्थ्यो।

 

 

 

डा. वावुराम अधिकारी
सदस्य उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग

अपत्यारिलो ,दुखस्द खबर ! शैक्षिक तथा राजनैतिक क्षेत्रका लोकप्रिय,शालिन, भद्र र बौद्धिक नेता एवं पुर्व शिक्षामन्त्री तथा नेकपाका केन्द्रिय सदस्य धनि राम पौडेल (डिआर पौडेल) को आज चितवन माडिमा अकस्मात हृदयघातका कारण दुःखद निधन भएको खबरले निकै दुःखित तुल्याएको छ। उहाँप्रति हार्दिक श्रद्धाञ्जली साथै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना।

दीपक शर्मा
सहसचिव शिक्षा तथा मावन स्रोत विकास केन्द्र

विद्यार्थीको रूपमा डिआर पौडेलसँग र कर्मचारीको रूपमा माननीय मन्त्री धनिराम पौडेलसँग जीवनका दूईओटा छोटा घुम्तीहरूमा भिन्न भिन्न कालखण्डमा संगै भइयो। विशेषतः गुणस्तरीय शिक्षामा समतामूलक पहूँचको अभिवृद्धिका लागि विद्यालय क्षेत्र विकास योजनाको निर्माण र पहिलो वर्षको नतिजा प्राप्तिको सुनिश्चितताका लागि मन्त्रीको रूपमा वहाँले खेल्नुभएको भूमीका मेरा लागि अविस्मरणीय रहनेछन्। अकल्पनीय समाचार भएपनि सत्य समाचार लाई स्वीकार्नुको विकल्प रहेन। आदरणीय धनिराम पौडेलप्रति हार्दिक श्रदान्जली !

वावुराम पौडेल
महानिर्देशक

शिक्षा तथा मानव स्रोत विकास केन्द्र
सालिनताका प्रतिक पूर्व मन्त्रीज्यु प्रति हार्दिक श्रद्धाञ्जली अर्पण

                                                                                             शुप्रभात भण्डारी
                                                                                             अध्यक्ष, नेपाल अभिभावक महासंघ

डि आर (धनीराम) पौडेल, पुर्व शिक्षा मन्त्रीको हृदयाघातका कारण निधन भएको पत्यारगर्न गार्हाे तर सत्य खबरले स्तब्ध भएकोछु। भावपुर्ण श्रध्दाञ्जली।

 

 

शुरेश क्रान्ति

हिडिआर दाइ सँग २०५१÷५२ मा पहिलोपटक भेट भएको थियो। २०५१ को पार्टी बिभाजन सँग तत्कालीन नेकपा ( एकता केन्द्र )खोटाङको जिल्ला सचिब भई २०५४ को चितवन सम्मेलन सम्म दाईले काम गर्नु भएको थियो। २०५६ को ४९ दिने ग्रामीण राष्ट्रिय जागरण अभियानको नेतृत्वहरू डिआार पौडेल, माधब कोइराला, पद्मा राई, बिष्णु लामा र शिव फुयाल राजन ढुंगाना लगायत टिमको धेरै साथीहरूलाई आज सम्झन चाहान्छु। त्यो अभियानको प्रेरणाले आज धेरै साथीहरू आन्दोलनमा क्रियाशील रहनुभएको छ। एक असल अभिभावक गुमाउनु पर्दा अत्यन्तै पिडा भएको छ।
२०३७ सालदेखि वामपन्थी विद्यार्थी आन्दोलन हुँदै कम्युनिष्ट पार्टीमा सक्रिय रहनुभएको थियो। मोहनबिक्रम सिंह र निर्मल लामाहरूले नेतृत्व गरेको नेकपा (चौथो महाधिवेशन) को बिद्यार्थी संगठनको कार्यकर्ता हुँदै राजनीति सुरु गर्नुभएका उहाँ २०३९मा विद्यार्थी संगठनको चितवन जिल्ला सदस्य, २०४१ मा केन्द्रीय सदस्य हुँदै २०५१ मा तात्कालिन नेकपा (एकताकेन्द्र) विभाजन पछि अनेरास्ववियु (क्रान्तिकारी)को केन्द्रीय संयोजक समेत चुनिनुभएको थियो।

२०४२ सालमा नेकपा (चौम) को सदस्यता लिनुभएका उहाँ २०४४ सालमा पार्टीको चितवन जिल्ला सदस्य हुनुभएको थियो। २०४७ सालमा माडीको सितलपुरमा भएको एकता महाधिवेशनका प्रतिनिधि समेत रहनुभएका उहाँ अखिल नेपाल जनवादी युवा लिगका संस्थापक केन्द्रीय सदस्य समेत हुनुहुन्थ्यो। २०५१ को पार्टी विभाजन पछि निर्मल लामा र नारायणकाजी श्रेष्ठलाई साथ दिनुभएका उहाँ, त्यस यता लगातार पार्टीको केन्द्रीय समितिमा रहँदै आउनु भएको थियो।

बिगतमा लामो समय उहाँले पार्टीको बैचारिक मुखपत्र जनएकता साप्ताहिकको सम्पादक भई पत्रकारिता समेत गर्नुभएको थियो। तात्कालिन नेकपा (एकताकेन्द्र मसाल) र तात्कालिन नेकपा (माओवादी)सँग एकीकरण भएपछि बनेको एकीकृत नेकपा (माओवादी)को केन्द्रीय सदस्य भएर र पछि पोलिट्व्युरो सदस्य भएर निरन्तर क्रियाशिल रहनुभएका उहाँले पार्टी संगठनमा पुर्व, मध्य र पश्चिम नेपालमा काम गरेको अनुभव संगाल्दै दोस्रो संविधानसभामा सभासद र शिक्षामन्त्रीको जिम्मेवारी कुशलतापूर्वक पुरा गर्नुभएको थियो। डिआर दाइ हार्दिक श्रद्धाञ्जली शोकाकुल परिवारजनमा समवेदना !

सुर्य तिवारी

हार्दिक श्रध्दान्जली !
एउटा असल मानिस, प्रिय युवा नेता, नेकपाका केन्द्रीय कमिटी सदस्य तथा पूर्व्शिक्षामन्त्री कमरेड धनिराम (डीआर) पौडेलको आज विहान हृदयघातबाट माडी मा निधन भएको खबरले स्तब्ध बनाएको छ। दिवंगत कमरेड डिआरपौडेल प्रति हार्दिक श्रध्दा सुमन साथै शोक सन्तब्ध परिवारजनमा हार्दिक समवेदना !

प्रतिक्रिया दिनुहोस्