मध्यमोदीकोे सुरुङ निर्माण कार्य चार सातादेखी ठप्प



नेपाल समाचारपत्र, पर्वत ।
पर्वतको मोदी गाउँपालिकामा निर्माणाधिन १४.५ मेघावाट क्षमताको मध्यमोदी जलबिद्युत आयोजनाको सुरुङ्ग निर्माण कार्य चार साता देखि ठप्प भएको छ । साता पछि सुचारु भएको छ ।  चौधरी ग्रुपले निर्माण गरिरहेको आयोजनाको सुरुङ्ग निर्माण कार्यमा स्थानियबासीले अबरोध गरेपछि जेठ ८ गते देखि निर्माण कार्य रोकिएको हो ।

सुरुङ्ग निर्माणका क्रममा बम बिष्फोटन गर्दा घर संरचनाहरुमा क्षति पुगेको भन्दै उचित क्षतिपुर्ती मागेर स्थानियबासीले सुरुङ्ग निर्माण कार्यमा अबरोध पु¥याउँदै आएका छन । आयोजना र प्रभावित क्षेत्रका बासिन्दाका बिचमा सुरुङ्ग बाहेकका संरचना बनाउने कुरामा भने सहमति कायम जेठ १९ पछि बिद्युतगृह लगायतका संरचना बनाउने काम भने भैरहेको छ।

आयोजनाको सुरुङ्ग निर्माण गर्दा स्थानीयवासीका घरमा क्षति पुगेकोले पूननिर्माण तथा क्षतिपुर्तीको माग स्थानियबासीले राख्दै आएका छन । मोदी गाउँपालिका वडा नं. १ र २ का मख, ठाना, कल्लेनी र ओख्लेमा रहेका बस्तीका घरहरु भूकम्पले झै भत्किन थालेपछि स्थानीयबासी आन्दोलित भएका हुन् । स्थानीयवासीका घरहरुमा पुगेको क्षति भुगर्वविद् र प्राविधिक टोलीले दिएको रिपोर्टका आधारमा क्षतिपुर्तिको रकममा पुर्नमुल्याँकन गर्नुपर्ने वडा अध्यक्ष बिकास तिमिल्सिनाले बताउनुभयो । प्रभावित क्षेत्रका बासिन्दाले प्राबिधीक समितिले निर्धारण गरेको रकम थोरै भएको बताउँदै थप रकम दिन माग गर्दै आएका छन ।

आयोजनाले भने घर निर्माणका क्रममा बिष्फोटनबाट कुनै क्षति नभएको र केही घरमा भूकम्प र स्थानिय भौगर्भिक अवस्थाका कारण सामान्य समस्या देखिएको रिर्पोट भूर्गभबिद्हरुले दिएको दाबी गर्दै आएको छ । प्राबिधीक टोलीले अध्ययन गरेर तयार पारेको क्षतिपुर्ती रकम दिन आयोजना सधैं तयार भएपनि स्थानियबासीले त्यसमा सहमत नहुँदा निर्माण कार्य प्रभावित बन्दै आएको आयोजनाका जनसम्पर्क अधिकृत अशोक आचार्य बताउनुहुन्छ ।

सुरुङ्ग निर्माणका क्रममा क्षति पुगेका ६ वटा घरधनीले भने पहिल्यैदेखि क्षतिपुर्तिको रकम बुझेको बताईएको छ । प्रभावित क्षेत्रमा पर्ने सुरुङ्ग भन्दा माथि परेका २८ घरपरिवार समस्यामा रहेका छन् । घर पुर्ननिर्माणको काम स्वयंले शुरु गर्ने र आवश्यक रकम आयोजना दिने सहमति यस अघि पनि भएको थियो । आयोजनाको काममा आगामी दिनमा अबरुद्ध नगर्ने, स्थानीयको घर पुर्ननिर्माणको अनुगमन जिल्ला समन्वय समिति पर्वतले गर्ने र आयोजनाले गर्नुपर्ने सामाजिक उत्तरदायित्वका कामहरु प्राथमिकताका आधारमा गर्दै जाने सहमति पहिल्यै भएपनि काम नभएका कारण पुनः ताकेता गरिएको थियो । जिल्ला समन्वय समितिको पहलमा गाउँपालिका, प्रभावित क्षेत्रका बासिन्दा, आयोजना ब्यबस्थापन र स्थानिय प्रशासनका बिचमा सोमबार छलफल गरेर सुरुङ्ग निर्माण कार्य सुचारु गर्ने प्रयास भैरहेको जनसम्पर्क अधिकृत आचार्यले बताउनुभयो ।

। पर्वतको मोदीगाउँपालिका र कास्कीको अन्नपुर्ण गाउँपालिकामा निर्माण भैरहेको आयोजनाको २ हजार ७ सय मिटर सुरुङ्ग मध्ये २ हजार ५ सय मिटर भन्दा बढी सुरुङ्ग निर्माण कार्य सकिएको छ । स्थानियको पटक पटकको अबरोधले गएको मंसिर पछि निर्माण कार्य अघि बढ्न सकेको छैन । आयोजनाको निर्माण कार्य २०७१ मंसिरबाट. शुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्