घर-घरमा मिटर जडित खानेपानी



रामधन राई, खोटाङ ।
असार–१, खोटाङस्थित दिप्रुङ चुइचुम्मा गाउपालिकाले जिल्लामै पहिलो पटक घर–घरमा मिटरजडित खानेपानी पु¥याईदिएको छ । गाउँपालिकाले वडा नम्बर १ मा पर्ने रातमाटाका ८४ घर उपभोक्ताका लागि घरघरमा मिटरजडित धारा पु¥याईदिएको हो ।

बार्षैदेखि खानेपानीको समस्या झेल्दै आएको उक्त गाउँमा घरघरमा पानी पगेपछि स्थानीय हर्षित बनेका छन् । गाउँपालिकाको आर्थिक वर्ष २०७५÷०७६ मा विनियोजन गरिएको ३२ लाख ५० हजार रुपैंयाँ तथा उपभोक्ताको सात लाख ७८ हजार ४ सय ८६ रुपैंयाँ बरावरकोे जनश्रमदान गरी ४० लाख २८ हजार ४ सय ८६ रुपैंयाँ लागतमा खानेपानी योजना सञ्चालन गरिएको हो ।

मिटर जडान गरेर वितरण गरिएको खानेपानी योजना आइतबार गाउँपालिका प्रमुख भूपेन्द्र राईले औपचारिक उद्घाटन गर्नुभयो । गाउँपालिका प्रमुख राईले गाउँमा सञ्चालित खानेपानी योजनालाई प्रभावकारी बनाउँदै खेर जाने पानीको सदुपयोग गर्न मिटर जडान गरिएको बताउनुभयो ।

पानीको समस्या रहेको याम्खामा सञ्चालित खानेपानी योजनाको ८४ घर उपभोक्तामध्ये पहिलो चरणमा ४२ घर उपभोक्ताको धारामा मिटर जडान गरिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष बलजीत राईले बताउनुभयो । उपभोक्ता समितिका अध्यक्ष राईका अनुसार बाँकी ४२ घरमा असार मसान्तभित्र मिटर जडान गरिसक्ने जनाइएको छ ।

उपभोक्ताको घरमा निर्माण गरिएको धारामा जडान गरिएको मिटर उपभोक्ता आफैले खरिद गरेको गाउँपालिकाले जनाएको छ ।
चार किलोमिटर टाढा रहेको टुक्रेखोलाबाट ६३ मिलीलिटरको पाइपमा ल्याइएको पानी गाउँनजिकै ७० हजार लिटरको ट्याङ्की निर्माण गरेर जम्मा गरिएको छ ।

गाउँमा भएको कुवा तथा धारा पनि सुक्न थालेपछि टाढा टाढा धाएर खानेपानी बोक्नुपर्ने बाध्यता भएको सो स्थानमा खानेपानी आयोजना सम्पन्न भएपछि बिशेषगरी महिलाहरुको शास्ती कम भएको छ । घरैमा पानी उपभोग गर्न पाएकोमा खुशी लागेको ८० बर्षिया तीर्थकला राईले सुनाउनुभयो । ‘ढाडमा ठेला उठ्थ्यो, कहिले लडिन्थ्यो ।’ उहाँले भन्नुभयो–‘दुनियाँ चाहारेर पानी बोक्नुप¥थ्यो । अहिले त आनन्द भएको छ ।’

उक्त स्थानमा गाईबस्तुलाई पानी खुवाउनु पनि सम्स्या हुँदै आएको थियो । यसअघि कादुरी र युनिसेफले पनि खाने पानी आयोजना सञ्चालन गरेको थियो । उक्त पानी ब्यवस्थित र पर्याप्त हुन सकेको थिएन । घरमा पानी खपत भए अनुरुपको पैसा समिसतलाई तिर्नुपर्ने र उक्त पैसाबाट मर्मत, कर्मचारी तलब लगायतको कार्य गर्ने ब्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्