ओमान ट्यांकर आक्रमण प्रकरणः अमेरिकाद्वारा एक भिडियो जारी, इरानमाथि आरोप



दोहा (एजेन्सी)
अमेरिकी सेनाले एक भिडियो जारी गरी इरानको स्पेसल फोर्सका जवान एक तेल ट्यांकरबाट विस्फोटक पदार्थ हटाइरहेको दावी गरेको छ । ओमानको खाडीमा विहिबार भएको हमलामा उक्त ट्यांकरलाई क्षति पुगेको थियो ।
अमेरिकाले जापानको ट्यांकरका तस्वीर पनि जारी गरेको छ , जसमा विस्फोटक भएको देखिन्छ र त्यसलाई पछि हटाइएको भिडियोमा उल्लृेख गरिएको छ ।

ओमानको खाडीमा नर्वेको एक ट्यांकरमा पनि ३ विस्फोट भएको समाचारमा जनाइएको छ । अमेरिकाले ती हमलाका लािग इरानलाई दोषी ठहर्याएको छ तर इरानले ती आरोपलाई ठाडै अस्विरका गरेको छ ।

युएइमा पनि एक महिना अगाडी ४ तेल ट्यांकरमाथि हमला भएको थियो । अमेरिकाले त्यतिबेला पनि इरानमाथि आरोप लगाएको थियो तर कुनै प्रमाण पेश गरेको थिएन । इरानले त्यतिबेला पनि आरोप गलत बताएका थिए ।

अमेरिकी राष्टपति डोनाल्ड ट्र्म्पले पनि यस हमलाका लागि इरानलाई नै दोषी ठहर्याएको छ । उनले भने, यो इरानले नै गरेको हो किनभने तपाई भिडियोमा उक्त डुंगालाई देख्न सकिन्छ, मलाई लाग्छ एक विस्फोटक विस्फोट भएको छैन र सायद त्यसमा इरानको पहिचान हुनसक्छ । तपाई देख्न सक्नु हुन्छ, रातमा डुंगाकाको माध्यमबाट विस्फोटक पदार्थ हटाउने प्रयास गरिएको छ र विस्फोटक हटाएको पनि छ । यो डुंगा इरानको थियो , डुंगामा आउनेहरु पनि इरानी नै थिए । इरान कुनै प्रमाण छोड्न चाहदैनथ्यो तर हामी अँध्यारोमा पनि बस्तु खोज्न पोख्त छौ भन्ने कुरा उसलाई थाहा छैन ।

अमेरिकामा डोनाल्ड ट्र्म्प राष्ट्र्पति बनेपछि अमेरिका र इरानबीच तनाब बढेको छ । बाराक ओबामा राष्ट्र्पति रहँदा इरानसँग जुन परमाणु सम्झौता भएको थियो, ट्र्म्पले त्यसबाट अमेरिकालाई बाहिर ल्याएको छ र इरानमाथि कडा प्रतिबन्ध लगाएको छ ।

संयुक्त राष्ट्र्का महासचिव एन्टोनियो गुटेरेजल पनि यस मामिलामा चिन्ता ब्यक्त गरेका छन् । विश्वले खाडी क्ष्ँेत्रमा ठुलो मुठभेड खप्न नसकिने बताउँदै त्यहाँ भइरहेका आक्रमणका घटनाको स्वतन्त्र जाँच गराउन माग गरेको छ । त्यसको सत्यता विश्व सामु आउनु नै पर्ने बताउँदै यस प्रकारको कुनै जाँच आयोगको गठन गर्ने अधिकार संयुक्त राष्ट्र् सुरक्षा परिषदसँग रहेको उनले बताए ।

ट्र्म्पले शुक्रबार फोक्स न्युजलाई दिएको अन्तरवार्तामा उक्त हमलाका लागि इरान नै जिम्मेवार भएको दोहोर्याए ।

इरानले आफनो जहाज ढुवानी मार्ग बन्द गर्न खोजेको र त्यहाँबाट विश्यको एक तिहाई तेल हरेक बर्ष बाहिरिने गरेको ट्र्म्पले बताए । ओमनको खाडीमा विहिबार भएको हमलापछि तेलको मुल्यमा ४ प्रतिशतले बृद्धी भएको छ ।
जापान र नर्वेका ट्यांकर जहाजमाथि आक्रमणको घटनापछि इरान र अमेरका दुबैले चालक दललाई बचाएको तस्वीर जारी गरेका छन् ।

जापानको जहाज कम्पनीले जहाजमा आगो लागेको र विस्फोटक देखेपछि चालकदलका सदस्यले जहाज छोडेको जानकारी दिए । यसैबीच उक्त कम्पनीका प्रमुख युटाका कटाडाले अमेरिकाको उक्त बयान भन्दा फरक बताउँदै चालक दलका सदस्यले जहाजमा कुनै उडेर आएको बस्तुबाट आक्रमणको बताएको जानकारी दिए ।

जहाजले आपतकालिन फोन गर्दा जहाज इरानको तटबाट ३० किलोमिटर दुरीमा थियो । नर्वेको जहाज एक पेट्रेलियम उत्पादन युएइबाट ताईवान लिएर गइरहेका थियो भने जापानको जहाज मिथेनाल लिएर साउदी अरबबाट सिंगापुर लिएर गइरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्