लोडेड पेस्तोलसहित पाँच युवा सैनामैनामा किन ?



यमलाल भुसाल, बुटवल ।
रुपन्देही प्रहरीले कटुवा पेस्तोल र एक राउण्ड गोली सहित ५ युवालाई पक्राउ गरेको छ । बिहिवार राति सैनामैना नगरपालिकाको बुद्धनगरबाट प्रहरीले कटुवा पेस्तोल र एक राउण्ड गोली सहित ३ युवालाई पक्राउ गरेको जनाएको छ ।

पछिल्लो समयमा जिल्लाको सैनामैना, बुटवलसहित विभिन्न स्थानमा चोरी र लुटपाटमा सम्लग्न भएको आशंकामा प्रहरीले गएराति उनीहरु बस्ने गाउँमा खोजतलास गनै क्रममा पक्राउ गरेको जनाएको हो ।

प्रहरी खोजतालासका लागि गाउमा जादाँ अन्यत्रबाट फर्कदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको बताएको छ ।
रुपन्देही सैनामैना नगरपालिका वार्ड नं.६ बस्ने वर्ष २० को अर्जुन मुसहर, साेहि ठाउँका बस्ने वर्ष २० को सुरज दर्जी, वर्ष २२ को मनिस परियार, वर्ष २९ को सालिकराम सुवेदी र वर्ष १८ को प्रदिप मुसहरलाई चेकजांच गर्ने क्रममा ५ जनालाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । पक्राउ परेका पाचै जनालाई इलाका प्रहरी कार्यालय सालझण्डीमा राखिए थप अनुसंन्धान अगाडी बढाईएको प्रहरी निरीक्षक उमेशराज मैनालीले बताउनु भयो ।

पक्राउ परेका अर्जुन साथबाट घरेलु बनावट पिस्तोल १ र सुरजको साथबाट सोही पिस्तोलमा लाग्ने गोली थान १ फेला परेकोले तत्काल ५ जनालाई नियन्त्रणमा लिईएको प्रनि मैनालीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्