प्रत्यासीविरुद्ध विदेशीसँगको भेटघाटलाई स्वागत गर्छुः ट्रम्प



वासिङटन (एजेन्सी)
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को चुनावमा आफना विरोधी विरुद्ध विदेशीसँग भेटघाट गरेका जानकारीलाई स्वागत गर्ने बताएका छन् । सन् २०१६ को राष्ट्रपति चुनावमा उनीमाथि रुसको सहयोग लिएको आरोप लगाइएकोले ट्रम्पको यो बयानलाई महत्वपुर्ण मानिएको छ । यस मामिलामा अमेरिकी सांसदले उनका छोरा डोनाल्ड ट्रम्प जुनियरसँग विहिबार सोधपुछ गरेको छ ।

चुनावमा कुनै विपक्षी नेताका बारेमा चीन वा रुससाग कुनै जानकारी प्राप्त भएमा के गर्नु हुन्छ भन्ने प्रश्नको जवाफमा ट्रम्पले उक्त कुरा भनेका थिए । उनले भने–तपाई यसता सबै कुरा सुन्न सँधै तयार भएर बस्नु पर्छ । सन्नु मा कुनै खराबी छैन ।

विदेशमा हुने भेटघातका कुनै पनि जानकारी चुनावमा हस्तक्षेपकारी हुन्छ भन्ने आफुलाई नलागेको ट्रम्पले बताए । यदि कुनै देशसँग केही जानकारी छ भने त्यसलाई लिन आफुलाई कुनै अप्ठ्यारो नभएको उनले बताए । यदि यसमा आफुलाई केही गलत लाग्छ भने एफबीआईलाई यसको सुचना दिने ट्रम्पले बताए ।

२०१६ चुनावमा रुसी हस्तक्षेपको मामिलाको जाँच विशेष अधिवक्ता रोबर्ट मुलरले गरेका थिए । आफनो ४ सय ४८ पेजको प्रतिवेदनमा उनले रुसी सेनाका अधिकारीहरुले डेमाक्र्याट उम्मेदवार हिलारी क्लिन्टनको चुनाव प्रभावित पार्ने प्रंयास गरेको उल्लेख गरेका थिए ।

गत अप्रिल १८ मा उक्त प्रतिवेदन कानुन मन्त्रालयलाई सुम्पिएको थियो । यद्यपी प्रतिवेदनको अन्त्यमा रुसी हस्तक्षेपका मामिलामा पर्याप्त साक्षी प्राप्त नभएको निष्र्कष उनले दिएका थिए ।

मुलरका अनुसार ट्रम्प विरुद्ध १० त्यसता प्रमाण प्राप्त भएका थिए, जसमा रुसी हस्तक्षेप मामिलाको जाँचमा बाधा पुर्याउने प्रयास भएको थियो । तर कानुन विभागको नियम अनुसार राष्ट्रपति माथि आरोप तय गर्ने अधिकार आफुसँग नरहेको उनले बताएका थिए ।

बाइडेनद्वारा ट्रम्पको आलोचना
यसबीच राष्ट्रपति चुनावमा डेमोक्र्याट उम्मेदवार तथा अमेरिकाका पुर्व उपराष्ट्रपति जोय बाइडेनले ट्रम्प प्रष्ट रुपमा विदेशी हस्तक्षेपलाई निमन्त्रण गरिरहेको आरोप लगाएका छन् । यो चुनाव र राजनितिसँग जोडिएको मुद्दा मात्र नभएको बताउँदै यसबाट राष्ट्रिय सुरक्षा पनि प्रभावित हुन सक्ने उनले बताए ।
डेमोक्र्याट यस मामिलामा ट्रम्प विरुद्ध महाअभियोग लगाउने कुरा उठाइरहेको छ । सांसद एलिजाबेथ वारेनले ट्विटमा उक्त बयायन पछि ट्रम्पले चुनाव जित्नका लागि रुसको सहयोग लिएको थियो भन्ने कुरामा अब कुनै आंशका बाँकी नरहेको उल्लेख गरेकी छिन् । उ विरुद्ध महाअभियोगको प्रस्ताव ल्याउुन पर्छ ।

यद्यपी २०२० को चुनाव नजिकिँदै गइरहेकोमा महाअभियोग प्रस्ताव विफल भएकोमा ट्रम्पको स्थिति उक्त चुनावमा अझ बलियो हुनेमा डेमोक्र्याटहरु ससंकित छन् । मुलरको प्रतिवेदनले प्रमुख मुद्दा रुसी हस्तक्षेप मामिलामा ट्रम्पको प्रत्यक्ष संलग्नतालाई अस्विकार गरेको छ । उसले ट्रम्पको भुमिका रहेको पुष्टी गर्ने पर्याप्त प्रमाणको अभाव भएको उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्