महिला विश्वकपमा नयाँ कीर्तिमान



वाशिंटन, (एजेन्सी)
महिला विश्वकपमा नयाँ कीर्तिमान बनेको छ । निर्दयी जर्मनीले थाइल्यान्डलाई १३–० गोलअन्तरले हराएर नयाँ कीर्तिमान बन्यो । यो विश्वकप इतिहासमा अहिलेसम्मकै फराकिलो जित हो । फ्रान्समा जारी विश्वकपमा डिफेन्डिङ च्याम्पियनले २००७ को विश्वकपमा जर्मनीले जितेको कीर्तिमानलाई पछि समेत पा¥यो । त्यतिबेला जर्मनीले अर्जेन्टिनालाई ११–० ले हराएको थियो ।

२०१५ को विजेता अमेरिकाले पहिलो हाफमै ३–० को अग्रता लिएको थियो । दोस्रो हाफमा १० मिनेटमा चार गोल र अन्तिम १६ मिनेटमा ६ गोल टोलीले थपेको थियो । एलेक्स मोर्गानले टोलीका लागि ५ गोल गरिन भने रोज लाभेली र सामान्था मेवीसले २÷२ गोल गरेका थिए । त्यस्तै लिन्डसे होरान, मेगान रापिनोइ, मालोरी पग र कार्ली लोएडले १–१ गोल थपेका थिए । यसअघि अमेरिकाको फराकिलो जित सन् १९९१ मा चिनियाँ ताइपेइविरुद्ध ७–० ले हराएको जित थियो ।

प्रतिक्रिया दिनुहोस्