स्रोत नखुलेको ५७ लाख बढी रकमसहित एक भारतीय पक्राउ



बारा ।
प्रहरीले स्रोत नखुलेको शंकास्पद ५७ लाख ७९ हजार ४९० रुपैयाँ सहित एक भारतीय नागरिकलाई बुधबार पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी बडकी फुलवरियाबाट खटिएको संयुक्त टोलीले बाराको सुवर्ण गाउँपालिका वडा नम्बर ७ स्थित नेपाल भारत दशजगा क्षेत्रबाट मोटरसाइकलमा सिमापारी जादै गरेको अवस्थामा भारतीय नागरिक वृजकिशोर कुमारलाई रकम सहित पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सानुराम भट्टराईले बीआर एसी ४४८६ नम्बरको मोटरसाइकलमा सवार उनले दुबै खुट्टाको घुँडा मुनी पिडौला, कम्मर र जिन्स पाइन्टको खल्ती तथा हेल्मेट र मोटरसाइकलको डिक्की समेतमा लुकाएको अवस्थामा रकम फेला परेको थियो ।
बरामद नगद रूपैया सहित आवश्यक छानबिन एवं कारवाहीको लागी कुमारलाई सम्पति शुद्धीकरण अनुसन्धान विभाग पुल्चोक ललितपुर पठाइएको उपरीक्षक भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्