एयर न्युजिल्यान्डका कर्मचारीले टाटु खोप्न पाउने



अकल्यान्ड,(एजेन्सी)
एयर न्युजिल्यान्डले आफ्ना कर्मचारीहरु माथि शरिरमा देखिने स्थानमा टाटु खोप्न नपाउने गरी लगाइँदै आएको प्रतिवन्ध हटाउने भएक ेछ । साथै एयर न्युजिल्यान्डले आफ्ना कर्मचारीहरुलाई साँस्कृतिक र वैयक्तिक विविधता अभिव्यक्त गर्ने अनमुति दिइने पनि सोमवार घोषणा गरेको छ ।

केहि न्युजील्यान्डवासीहरुले आफ्ना आनुवंशिक र सम्पदा जनाउनका लागि शरिरमा माओरी सम्पदा झल्काउने खालका टाटु खोपाउने गरेका छन् । यस एयरलाइनले आगामी १ सेप्टेम्वरदेखि कर्मचारीहरुले अश्लिता नझल्किने खालका टाटु प्रदर्शन गर्ने अनुमति दिइने जनाएको छ ।

साथै एयरलाइनले अहिले टाटुलाई स्विकार्नेहरुको जमात बढिरहेको र विशेषगरि यो आफ्नो नीजि भावना अभिव्यक्ति गर्ने माध्यम भएको पनि जनाएको छ । एयरलाइनको टाटु प्रतिवनधको व्यापक आलोचना हुने गरेको थियो ।

तर केहिले भने माओरी र्सस्कृति झल्काउने गरी टाटु खोपाउने प्रचलन पनि आडम्वरी भएको आरोप लगाउने गरेका छन् । प्रतिभाशाली व्यक्तित्वहरुलाई समेत शरिरमा देखिने स्थानमा टाटु खोपाएकै कारण यस एयरलाइनमा जागिर नदिइएपछि संचार माध्यमले समेत टाटु नीति हटाइनु पर्ने माग गरेको थियो ।

एयर न्ेजिल्यान्डका प्रमुख कार्यकारिणी अधिकारी क्रिष्टोफर लक्जोनले युनिर्फम लगाउने पायलट , क्याविन क्रु र विमानस्थल ग्राहक सेवा टोलिहरुलाई समेत आपत्तिजनक किसिमका बाहेक अन्य टाटु खोप्ने अनुमति दिइने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्