अब भैरहवा सेजमा चाहिएको विजुली आपूर्ति हुने



नेपाल समाचारपत्र, काठमाडौं
भैरहवा र त्यहा“ स्थापना भएको विशेष आर्थिक क्षेत्र (सेज) मा विद्युत् आपूर्तिका लागि निर्माण गरिएको ३३÷११ केभीको सबस्टेसनको परीक्षण शुरु भएको छ ।

करिब ३३ किलोमिटर लामो योगीकुटी–धकधई ३३ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएस“गै सबस्टेसनको परीक्षण शुरू भएको छ । ३३ केभी डबल सर्किट प्रसारण लाइन संचालनमा आएपछि भैरहवा क्षेत्रको विद्युत् आपूर्तिमा सुधार आई वितरण प्रणाली गुणस्तरीय र विश्वसनीय हुने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो ।

‘योगीकुटी सबस्टेसनबाट ४÷५ वटा फिडरमार्फत भैरहवा क्षेत्रमा विद्युत् आपूर्ति भइरहेको थियो, ३३ केभी फिडर ओभरलोड भोल्टेज समस्या थियो भने मागअनुसार विद्युत् आपूर्ति गर्न सकिरहेका थिएनौं,’ कार्यकारी निर्देशक घिसिङले भन्नुभयो–‘योगीकुटी–धकधई प्रसारण लाइन र धकधई सबस्टेसन सञ्चालनमा आएस“गै त्यस क्षेत्रमा रहेको लो भोल्टेज, लाइन ट्रिपिङलगायतका समस्या समाधान हुने छन्, ३३ केभी लाइन ओभरलोडका कारणले बढेको प्राविधिक चुहावट घट्ने छ भने भैरहवा क्षेत्रमा खुल्ने नया“ उद्योगलाई विद्युत् आपूर्ति दिन सक्नेछौं ।’

एहा“ले भैरहवा सेज परिसरभित्र सबस्टेसन नबने पनि तत्कालका लागि धकधई सबस्टेसनबाट ११ केभी लाइनमार्फत विद्युत्् दिन सकिने बताउनुभयो । आफ्नो परिसरभित्र ३३÷११ केभी सबस्टेसन निर्माण गरी भैरहवा सेजले त्यहा“ खुल्ने उद्योगलाई विद्युत् दिने बताइएको छ । सेजभित्र सबस्टेसन निर्माणका लागि टेन्डरको प्रक्रियामा रहेको बताइएको छ । धकधई सबस्टेसनबाट सेजसम्मको करिब ११ किलोमिटर ३३ केभी प्रसारण लाइन पनि निर्माणाधीन छ ।

सरकार, प्राधिकरणको लगानी र एसियाली विकास बैकको सहुलितपूर्ण ऋणमा सञ्चालित विद्युत वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजना अन्तर्गत योगीकुटी–धकधई प्रसारण लाइन र धकधइ सबस्टेसन निर्माण गरिएको हो । आयोजना अन्तर्गत नारायणी नदीको पश्चिममा वितरण लाइन र १२ वटा सबस्टेसन निर्माणका लागि २०७३ को असोजमा ठेक्का सम्झौता भएको थियो । केही सबस्टेसनको निर्माण सम्पन्न भएको र केही निर्माणाधीन अवस्थामा रहेको आयोजना प्रमुख बोधराज ढकालले बताउनुभयो ।

त्यस्तै बझाङको बाघथला सबस्टेसन पनि सञ्चालनमा आएको छ । ३३÷११ केभी सबस्टेसन सोमबारबाट सञ्चालन (चार्ज)मा ल्याइएको हो । सबस्टेसनबाट बुंगल नगरपालिका र केदारस्यूँ, वित्थडचिर,थलारा तथा दुर्गाथली गाउ“पालिका बासिन्दा लाभान्वित हुने प्राधिकरण अत्तरिया क्षेत्रीय कार्यालय प्रमुख सतिशकुमार कर्णले जानकारी दिनुभयो । उहा“ले बैतडीको खोर्पेबाट करिब ५० किलोमिटर ३३ केभी प्रसारण लाइनबाट विद्युत् लगेर बाघथला सबस्टेसनमार्फत वितरण गरिएको बताउनुभयो । सबस्टेसन निर्माणका लागि २०७४ को वैशाखमा ५ करोड ४० लाख रुपिया“मा ठेक्का सम्झौता भएको थियो ।

यसैबीच सुर्खेतको ग्रामीण क्षेत्रमा विद्युतीकरणका लागि निर्माण गरिएको ३३÷११ केभी बबियाचौर सबस्टेसनको निर्माण सम्पन्न भएको छ । सबस्टेसनबाट सुर्खेतको चार गाउ“पालिकामा विद्युतीकरण गर्न सकिने प्राधिकरण नेपालगन्ज क्षेत्रीय कार्यालय प्रमुख मनोजकुमार सिंहले जानकारी दिए ।

वीरेन्द्रनगरबाट बबियाचौरसम्मको करिव ४० किलोमिटर ३३ केभी प्रसारण लाइन निर्माणाधीन छ । लाइन निर्माणमा वन क्षेत्रको प्रयोग लगायतका कारणले समस्या छ ।

प्रतिक्रिया दिनुहोस्