दया, करुणा, क्षमा प्रदान !




भूमिनन्द देवकोटा
धर्मको आफ्नै नीति नियम हुन्छ । नीति नियममा हिँड्नुस् समस्या कमै हुन्छ । जब नीति नियमलाई बेवास्ता गरिन्छ, अप्ठेरोको चाङ पार लगाउन नसक्ने गरी ठडिन्छ । धर्म नै संसारमा सबभन्दा कठिन र जोखिमपूर्ण कार्य हो, किनकि यसमा अरु कुनै खालको व्यवसाय अर्थात् क्रियाकलाप घोलमेल गराउन सकिन्न । यो बिल्कुलै आकाशजस्तै निर्मल र अथाह अन्त्यको भेउ पाइनसक्नु विशाल तथा अखण्डित छ । यसलाई बुझेर धर्मको नीति नियममा रहन सकेमा सम्पूर्ण प्राणी, वनस्पति, अनात्मा जगत् सबैको कल्याणबाहेक केही शेष छैन ।

तपाईंहरु धर्ममा लाग्नुभएको छ, दुःख गर्नुभएको छ, तथापि अहंता र स्वार्थको झोली भर्ने प्रयासमा हुनुहुन्छ भने धर्मले समेत शिर निहुराउँन पर्ने हुनसक्छ । धर्मसँग कुनै पनि कुरा मिल्दैन, जस्तो– आकाशमा जे रहन्छ छुट्टै झुन्डिएर रहेको देखिन्छ नि ! यसमा गम्भीर बन्नुहोस्, तबमात्र मानवीय संवेदनाको पहिचान गर्न सकिन्छ र मानवताका कर्महरुमा आपूmलाई पाउन सकिन्छ ।

देश र दीन दुःखीलाई माया गर्न नसक्ने, लुटेर खानेहरुले धर्म गर्न सत्तैmनन् । ती सर्वथा नालायकमा गणाना हुन्छन् । तपाईंहरु माथि उठ्नुस् । देश र दीनदुःखीलाई माया गर्नुस् । त्यो हो धर्म । देश, जात, दीनदुःखी सबैको कुनै पनि बहानामा कुनै पनि मूल्यमान्यताका आधारमा भेदभाव गर्ने र दुखाउने नगर्नुस् । किनकि धर्म आत्मिक सत्ताको परोक्ष सरोकार राख्न सक्ने पथ हो । आत्मिक सत्तामा सबै समान छन् । यो अन्य कुनै पनि सत्तासँग पौंठेजोरी खेल्दैन, निरन्तर आफ्नो लक्ष्यमा अविराम यात्रारत रहन्छ, बुभ्mनुपर्ने यही हो । क्रोध तथा निराशा यो सत्ताभन्दा विपरीत धु्रवका विषय हुन् । तसर्थ त्याग गर्नुस् । यसलाई त्याग्न नसक्ने वा प्रयत्न नगर्नेले धर्मको वध गर्नेबाहेक अर्को उसले गर्नै सत्तैmन । अमृत र विषको भेद पहिचान गर्न सिक्नुस् । जाने सम्पूर्ण अस्तित्व अमृतमय छ, बाटो बिराएमा आँखामा परेको सानोभन्दा सानो नदेख्ने फोहोरले पनि अति पीडाबाहेक के दिन सक्छ ?

लोभलालच सबैभन्दा ठूला शत्रु हुन् । जसले जे पनि गर्नबाट रोक्तैन । धनसम्पत्ति अनेक यसैका परिणतिहरु हुन् । धनसम्पत्ति अनेकमा तपाईंहरु नअल्झनुस् । यो विषय सांसारिक मनलाई बल्झाउने कुबाटोबाहेक अन्य होइन । मन भरङ्ग नगर्नुस्, भरङ्ग पारिदिनेहरुसँग पनि विनम्रता बाँड्नुस्, उसको पनि नेत्र खुलोस् । जन्मदा र मृत्यको साथमा पुग्दा हात त खालि नै रहेको छ ।

हामी सबै देशको प्रचलित कानुनलाई उल्लंघन गर्दै गर्दैनौं, पूर्णतः परिपालना गर्दछौं । देशसेवा हाम्रो प्रमुख दायित्व र कर्तव्य हो । हामी धार्मिकताबाट हाम्रो देशप्रतिको दायित्व र कर्तव्य पूरा गर्न हरबखत क्रियारत छौं । यो कसैले तक्मा दिएर वा प्रमाणित गरिदिएर हुने विषय होइन । यो त नितान्त आत्मिक अनुभूतिसँग अभिन्न रुपमा गाँसिएको विषय हो । तसर्थ हामी सबै देशको कानुनको ज्ञाता हुनै पर्छ, त्यसमा पूर्णता प्राप्तिमा लाग्नै पर्छ, थाहा पाएर मात्र कुनै पनि काममा हात हाल्नु लाभप्रद र धार्मिक हुन्छ, अन्यथा अपजश र विढंग प्रस्तुत हुन्छ नै । सजग हुनुको विकल्प धर्ममा अर्को बाटो छैन । आवश्यक विज्ञता भएपछि मात्र आमनेसामने क्रिया–प्रतिक्रिया अर्थात् वाद–प्रतिवाद सार्थक हुन्छ ।

धर्ममा सबै समान हुन्छन, नजिक र टाढा छैन, जातपात छैन, होचो–अग्लो र सानो–ठूलो छैन । सबैमा एकसमान आत्माको बास छ । सबैमा करुणाका साथ खडा हौ, आफूलाई देख र अरुलाई आपैंmमा हेर तब धर्मको पथ शुरु हुन्छ । आफ्नो हित आपैंmले बाहेक अरुले गर्न सत्तैmन, गुरुले मार्ग देखाउने हो, प्राप्त गर्न सक्ने नसक्ने तपाईंको समर्पण र एकनिष्ट तप÷कर्मले निर्धारण गर्दछ ।

राजनीति गर्नुस् तर धर्मसँग साइनो नजोड्नुस् अर्थात् धर्ममा अपजश नथोपर्नुस् । धार्मिक सत्ता आत्मिक सत्ताको पहिचान हो भने राजनीति सतहको तिकडम चालबाजी मात्र हो, जसले भौतिक दुनियामा जश–अपजश दिन सक्छ तर अलौकिकतामा यसको मूल्य न्यून छ ।

माथि पनि विवेचना भएको छ, देशसेवा हाम्रो आत्मा हो । तर देशसेवाको नाममा अनेक ठाउँमा हामफाल्ने राजनीतिलाई र धर्मलाई घोलमेल पार्ने यस्तो हुनै सत्तैmन । राजनीति र धर्म आकाश–जमिन फरक विषयहरु हुन् । कुरा के भने, राजनीति गर्नुस् तर धर्मसँग साइनो नजोड्नुस् अर्थात् धर्ममा अपजश नथोपर्नुस् । धार्मिक सत्ता आत्मिक सत्ताको पहिचान हो भने राजनीति सतहको तिकडम चालबाजी मात्र हो, जसले भौतिक दुनियामा जश–अपजश दिन सक्छ तर अलौकिकतामा यसको मूल्य न्यून छ ।

बुझेर हरेक विषयमा पाइला चलाउन सकिन्छ, केवल स्वार्थभन्दा बाहिर रहेर गर्नुस्, किनकि धर्म राजनीतिमा प्रवेश गर्न सत्तैmन । धर्म देश र जगतलाई बचाउने मार्गबाहेक अर्को कुनै विश्वासको र अविश्वासको खिचडी होइन । यो मात्र श्रद्धाको सगरमाथा हो । यसमा पुग्न कठिन हुन्छ नै । जब पुगिन्छ तब परम सुखको बोध प्राप्त हुन्छ । तसर्थ कर्म अर्थात् सांसारिक पहिचान कसरी खडा गर्नुहुन्छ गर्नुस्, कसरी जिउन इच्छा छ जिउनुस्, तर धर्ममा नकारात्मक प्रभाव आउन भएन जुन वर्जित छ । अनि देशहित र जगतहित भन्दा बाहिर गएर अनिष्ट निम्त्याउनेलाई धार्मिक दण्ड त अवश्य हुन्छ नै ।

व्यवसाय गर्नका निमित्त धर्मको बाटोमा आउने महाभूल नगर्नुहोला । धर्म र व्यवसाय अलग–अलग विषय हुन्, जसमा विल्कुलै भिन्न–भिन्न कर्म गरिनुपर्दछ । व्यवसाय गर्ने व्यक्ति धर्ममा लाग्न सक्छ तर धर्मलाई व्यवसाय बनाउन सत्तैmन । धर्मले आत्मिक सुखको उद्बोध गर्छ भने व्यवसायले भौतिक सुखको छिनाझम्टीमा पीडा, महापीडा र अनन्तपीडाको राजमार्ग मात्र व्यवस्थित गर्दछ । तपाईं कुन राजमार्ग हिँड्ने आपैंmले तय गर्ने विषय हो ।

प्रसंग फेरि पनि उठ्छ– हे संघ, भक्त, अनुयायी ! तपाईंहरु निस्फिक्री रहनुस्, नखाएको विष लाग्दैन । आरोपहरु नियोजित छन्, लाग्दै गएका छन् र परास्त भएरै छाड्छन् । किनकि सत्य अगाडि आउँछ नै, समय पर्खनुको विकल्प छैन । हामी मैत्रीय भावले करुणामयी रहनुको विकल्प रोज्न सत्तैmनौं । सबै ती नकारात्मक भावमा अल्झिएका आत्माहरु कसैका प्रति लालची रहनु दुःखद छ तर पनि संसारबारे यसरी बुझ्दै जानुपर्छ नै । हामी ती सबैलाई करुणाभावले सत्मार्गमा लाग्न आह्वान गर्दछौं । उनीहरुको बाटो त फेरि पनि यही हो, अर्को छैन । कोही पनि धर्म, संघ र गुरुभन्दा अलग छैन र रहन सक्नेछैन ।

(महासम्बोधि धर्म संघ गुरुज्यूबाट मिति २०७६ जेठ १९ मा पैरे, सिन्धुलीमा संघहरुलाई दिइएको देशनाको सार)

प्रतिक्रिया दिनुहोस्