समाजवादको जलपमा वैकल्पिक शक्ति !




नन्दलाल खरेल
भर्खरै नेपाली राजनीतिमा ठूलो सपनाका साथ समाजवादको जलपमा एउटा राजनीतिक शक्ति उदाएको छ । यो राजनीतिक शक्तिले नेपाली जनतालाई नयाँ नयाँ नारा तथा भ्रम दिई आकर्षित गर्ने योजनामा छ । मानौ कुनै नयाँ उत्पादक कम्पनीले आफ्ना उत्पादित सामाग्री बजार लैजादा विभिन्न नयाँ स्कीम सहित लन्च गरेभैm । समाजवाद शब्दले आम नेपालीमा भ्रम नपरोस यो कम्युनिष्ट दर्शनमा आधारित समाजवाद होइन । यो राजनीतिक शक्तिका नेताहरुको धरातल कम्युनिष्ट भएपनि उनीहरुको पैताला देखि टुप्पिसम्मको कुनै कुनामा कम्युनिष्ट विचार राखेका हैनन् । हुन त उनीहरुले आपूmलाई कम्युनिष्ट भनेका पनि छैनन् । यहाँहरुले थाहा पाइसक्नु भयो होला वैकल्पिक शक्तिको खोजीमा संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच भएको एकीकरणको प्रसङ्ग यो पङ्तिकार उठाउन चाहन्छन् ।

आवरणमा रहेको सत्तासीन कम्युनिष्ट पार्टी नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल भैm यो समाजवादी पार्टीका पनि दुई अध्यक्षहरु डा. बाबुराम भट्टराई र उपेन्द्र यादव रहेका छन् । धेरैले सुनेको नाम हो डा. बाबुराम भट्टराई । विद्वानको विल्ला भिरेका, एस.एल.सी परिक्षामा बोर्ड फष्टको रेकर्ड तोडेका, आर्किटेक्चरमा राम्रो ज्ञान भएका, आपैm नेतृत्व तहमा रही दशवर्षे जनयुद्ध हाकेका, मुलुक शान्ति प्रक्रियामा गए पश्चातको सरकारको प्रधानमन्त्री भइसकेका व्यक्ति हुन् डा. बाबुराम भट्टराई ।

त्यतिमात्र होइन, पहिलो संविधानसभामा सबैभन्दा बढी मत ल्याई आफ्नो गृह जिल्लाबाट जितेका, माओवादी पार्टीमा प्रचण्डसँग गम्भीर असहमति प्रकट गरी संविधान निर्माण पश्चात कम्युनिष्ट आदर्श र विचारलाई छोडी नयाँ शक्ति पार्टी स्थापना गरी त्यसको संयोजक रही संघीय संरचना अन्तर्गतको चुनाव लडेका व्यक्ति हुन् डा. बाबुराम भट्टराई । तर उनको नयाँ शक्ति पार्टी राष्ट्रिय पार्टीको रुपमा स्थापना गर्न नसकेपछि, उनकै आफ्ना कैयौ नजिकको साथीहरुले समेत पार्टी छोडेपछि, उनका सबै विकल्प सकिएपछि, अन्ततः उनी क्षेत्रीयतावादी जातियवादी र भारतीय शासकबाट निर्देशित उपेन्द्र यादवले नेतृत्व गरेको संघीय समाजवादी फोरमको पार्टीमा शरण पर्न पुगे । भलै यो दलले समाजवादी पार्टी नेपाल राखेपनि उसको आदर्श, विचार, झण्डा, पार्टीको चुनाव चिन्ह कुनै फेरवदल भने गरेन । बाबुरामलाई आदर्शका रुपमा हेर्ने तमाम कार्यकर्ता र सर्वसाधारण जनताहरु उनका यो निर्णयबाट दुखित, आश्चर्यचकित र निराशामा परेका छन् । उनको वैचारिक स्खलन यो हद दर्जाको हो । किन उनले यो निर्णय गरे ? यसबारे गम्भीर रहस्य नहोला भन्न सकिन्न ।

डा. बाबुराम भट्टराईले स्थानीय तहको निर्वाचनकै बेला आफ्नो चुनाव चिन्ह नपाएपछि तत्कालीन फोरमको चुनाव चिन्ह लिएर सहभागी भएको नयाँ शक्तिले चुनाव चिन्हको बारेमा चर्को आलोचना खेप्नु परेको थियो । सोही बेला फोरमसँगको पार्टी एकताको प्रयास प्रति पनि बाबुराम भट्टराईको विरोध भएको थियो । डा. बाबुराम र उपेन्द्र यादव दुवै कम्युनिष्ट धारका नेता हनु् । त्यतिमात्र होइन कुनै बेला एउटै पार्टीका नेता हुन् । माओवादी पार्टी छाडेर तराई केन्द्रित दल मधेसी जनअधिकार फोरम गठन गरेको यादव विभिन्न दलसँगको एकता प्रक्रियामा सहभागी हुँदै संघीय समाजवादी फोरमको नेतृत्व गरेका थिए । उनी आवरण रहेको दुई तिहाई बहुमतको कम्युनिष्ट सरकारमा उपप्रधान एवं स्वास्थ्य मन्त्री समेत रहेका छन् ।

आज बाबुराम भट्टराईले जसरी वैकल्पिक शक्तिको कुरा उठाइरहेका छन् । आम जनताले उनको यो कुरालाई पटक्कै विश्वास गर्ने वाला छैनन् । उनले यो भन्दा जोडदार कुरा २०५२ साल फागुन १ गतेको तत्कालीन नेकपा (माओवादी)ले शुरु गरेको शसस्त्र युद्ध थियो । यीनै भट्टराईले मस्यौदा गरेका ४० बँुदे मागपत्र तत्कालीन सरकारले पुरा नगरेपछि नयाँ नेपाल निर्माण गर्ने अभिभारा बोकेर नयाँ शक्तिको रुपमा सुरु भएको हो भन्ने कुरामा विवाद छैन । त्यतिवेला सशस्त्र युद्धले निर्माण गरेको शक्ति नै यर्थातमा नेपालको राजनीतिमा वैकल्पिक शक्ति अर्थात नयाँ शक्ति थियो ।

डा. बाबुराम भट्टराई र उपेन्द्र यादवले यो पार्टीलाई समाजवादको जलप लगाएर पार्टीलाई वैकल्पिक शक्तिको रुपमा उभ्याउने दाउमा छन् । जहाँसम्म समाजवादको प्रश्न छ राजनीतिक विश्लेषक रोशन जनकपुरीले भनेजस्तो नेपाली राजनीतिमा यो फेसनदार टोपीजस्तै हो, जो सबैले पहिरिन रुचाउँछन् । अब त राप्रपासमेतले समाजवाद भन्न थालेको छ । नेपाली कांग्रेसले त बीपीको समाजवादको क्रेडिट खाइरहेको छ ।

त्यो शक्ति प्रति आम नेपाली जनताले ठूलो आशा र भरोसा गरेका थिए । जुन आशा र भरोसा बाबुराम भट्टराई सरकारमा पुगेपछि निराशामा बदलियो । उनी माक्र्सवादी, लेनिनवादी, माओवादी दर्शनमा टेकेर राजनीति गर्ने नेता हुन् । उनी जुन पार्टीमा थिए त्यो पार्टीले श्रमिक तथा गरिखाने वर्गको पक्षमा लड्ने प्रतिवद्धता धरैपटक दोहो¥याउने गरेको थियो तर उनी जतिबेला शक्तिमा थिए उनले पुँजीपति तथा हुनखाने वर्गलाई नै फाइदा पुग्ने निर्णय गरेका थिए । तत्कालीन एनेकपाको सांगठनिक संरचनामा निकै कमजोर रहेका डा. बाबुराम भट्टराई कुनै पनि हालतमा त्यो पार्टीको अध्यक्ष बन्न नसक्ने भएपछि छुट्टै पार्टी नयाँ शक्ति गठन गरेका थिए । त्यो पार्टीको २०७४ सालको स्थानीय, प्रदेश, संघीय चुनावमा नराम्ररी पराजीत भई राष्ट्रिय पार्टीको रुपमा स्थापित हुन नसक्दा उपेन्द्र यादवको पार्टीमा आफ्नो पार्टीलाई एकीकरण गरि फेरी राजनीतिमा वर्चस्व राख्न सकिन्छ कि भन्ने अवसरवादी हेतुले उनले यो निर्णय गरेका हुन् । यो कुरा आमसर्वसाधारण जनताले समेत बुझेका छन् ।

डा. बाबुराम भट्टराई र उपेन्द्र यादवले यो पार्टीलाई समाजवादको जलप लगाएर पार्टीलाई वैकल्पिक शक्तिको रुपमा उभ्याउने दाउमा छन् । जहाँसम्म समाजवादको प्रश्न छ राजनीतिक विश्लेषक रोशन जनकपुरीले भनेजस्तो नेपाली राजनीतिमा यो फेसनदार टोपीजस्तै हो, जो सबैले पहिरिन रुचाउँछन् । अब त राप्रपासमेतले समाजवाद भन्न थालेको छ । नेपाली कांग्रेसले त बीपीको समाजवादको क्रेडिट खाइरहेको छ । उसको अर्थनीति दलाल पुँजीवाद भए पनि । हुन त प्रचण्ड, बाबुराम सबैले दलाल पुँजीवादको नीति अंगाल्दै आएका छन् । त्यसैले माक्सवादी विगत भएका डा. भट्टराई र उपेन्द्र यादवले समाजवादी टोपी पहिरिनु आश्चर्यजनक छैन । तीनै बाबुरामले समाजवादको प्रशिक्षण दिने क्रममा भन्ने गर्थे– समाजवाद सर्वहारा अधिनायकत्व मातहत श्रमजीवी वर्गको राज्य तथा सर्वत्तोमुखी समाजवादी आर्थिक कार्यक्रम (योग्यता अनुसार काम र काम अनुसार दाम) भएको एउटा माक्र्सवादी राजनीतिक अर्थशास्त्रीय अवधारणा र संक्रमणकालीन राजनीतिक व्यवस्था हो । जो साम्यवाद (सामान्य अर्थमा योग्यता अनुसारको काम, आवश्यकता अनुसार दाम) तिर लक्षित हुन्छ । के बाबुराम र उपेन्द्र यादवको समाजवादी पार्टी त्यता तिर लक्षित छ ? छैन भने किन समाजवाद जलप लगाउन प¥र्यो पार्टीलाई ? यसतर्पm आम नेपाली सचेत रहनु पर्छ ।

मुलुकमा वैकल्पीक शक्तिको अपरिहार्यता छ । विगतलाई केलाउने हो भने संसदीय व्यवस्थाबाट उदाएका कुनै पनि पार्टीहरु मुलुकको वैकल्पीक शक्तिको रुपमा काम गर्न सकेका छैन । तत्कालीन नेकपा (माओवादी) वैकल्पीक पार्टीको रुपमा देखा पर्ला भनि जनताले साथ दिएका थिए । अन्ततोगत्वा त्यो पार्टी पनि संसदीय धारमा गएपछि मुलुकमा बैकल्पीक शक्ति भएको पार्टीको अन्त्य भएको थियो । विगत दुई तिन वर्ष देखि वैकल्पकि शक्तिको रुपमा संसदीय व्यवस्था भन्दा बाहिरबाट नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको ‘नेपाल कम्युनिष्ट पार्टी’ उदाएको छ । यो पङ्तिकारको बुझाइमा यो पार्टी एउटा वैकल्पिक शक्तिको रुपमा उठ्न सक्छ । यो मालेमावादी सिद्धान्तमा आधारित छ । उसले लिएको कार्यदिशा ‘एकिकृत जनक्रान्ति’ हो । यो पार्टीले संसदीय दलाल पुँजीपती पार्टीलाई परास्त गरी मुलुकमा वैज्ञानिक समाजवाद स्थापना गर्न चाहन्छ । यो पार्टीले आठौं महाधिवेशनबाट ‘एकिकृत जनक्रान्ति’ लाई पार्टीको कार्यदिशा पारित गरेको छ । यो पार्टीले एकीकृत जनक्रान्तिबाट वैज्ञानिक समाजवादमा लैजान नेपाली श्रमजीवी र उत्पीडित जनताको अग्रदस्ताको रुपमा कम्युनिष्ट पार्टीको विकास गर्ने निर्णय गरेको छ । यो पार्टीले समाज, वर्ग, जातिमाथि लगाइएका सबै शोषण, दमन, विभेदका विरुद्ध संघर्ष गर्ने प्रतिवद्धता जाहेर गरेको छ । एकीकृत जनक्रान्तिले श्रमजीवी नेपाली जनताले परिकल्पना गरेको स्वाधिन र सम्पन्न नेपाल निर्माणका निमित्त जनवादी शासन व्यवस्थाको प्रमुख शर्त ठानेको छ । आज यो पार्टीले लिएको विचारसँग लाखौ लाख जनताको समर्थन छ । यसबाट आत्तालिएर अहिलेको नामधारी दुई तिहाइको सरकारले यो पार्टीलाई प्रतिबन्ध लगाएको छ ।

बाबुरामको राजनीतिक लाइन भनेको दलाल पुँजीवादी अर्थव्यवस्था हो भलै उनले समाजवादको कुरा गरेपनि । उनको विचार नेपाली काँग्रेससँग मिल्दो छ । डा. बाबुराम भट्टराई नव गठित समाजवादी नेपालसँग लामो समय मिलेर काम गर्न सक्दैन । किनकी त्यो पार्टीको नाम समाजवादी दिए पनि त्यहाँ क्षेत्रीयतावादी र जातियतावादीको हावी हुनेछ । त्यो कुरालाई बाबुरामले पचाउन सक्दैनन् । अन्त्यमा उनको राजनीतिक स्खलन नेपाली काँग्रेसमा पुगेर टुङ्गिने देखिन्छ । त्यसमा उनको पनि कल्याण छ । यो पङ्क्तिकारको पनि उनलाई यसै गर्ने सुझाव छ । तर नयाँ शक्तिको मिसन छोडेको बाबुराम भट्टराई एकपटक जातिय, क्षेत्रीय धु्रबीकरण मार्पmत शक्ति आर्जन प्रयासमा जुटेका छन् । तर यो प्रयास निरर्थक रहने प्रष्टै छ ।

अन्त्यमा, यो वैकल्पीक शक्ति सरकारको, विभिन्न दल तथा देशी विदेशी शक्तिको चौतर्फी घेराबन्दीमा छ । जनताको ठूलो सहयोग पाइरहेको यो पार्टीले अन्य संसद भन्दा बाहिर रहेका कम्युनिष्ट पार्टीलाई समेत समावेश गरी एउटा बृहत कम्युनिष्ट पार्टी बनाउन सके यो पार्टीले आशातित सफलता प्राप्त गर्नेछ । यो नै नेपालको वैकल्पिक शक्तिको रुपमा उदाउने छ, न कि डा. बाबुराम भट्टराई र उपेन्द्र यादवले नेतृत्व गरेको समाजवादी पार्टी नेपाल ।

प्रतिक्रिया दिनुहोस्